१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १५ बुधबार
  • Monday, 30 June, 2025
२o७८ मङ्सिर १५ बुधबार १६:२२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

रसुवामा कांग्रेसको सर्वसम्मत पदाधिकारी चयन, सभापतिमा पुन: पेम्बाछिरिङ तामाङ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर १५ बुधबार १६:२२:oo

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत रसुवामा भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । सोमबारदेखि सुरु भएको प्रदेश, प्रतिनिधिसभा र जिल्लाको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो । 
नेपाली कांग्रेस रसुवाको सभापतिमा पेम्बाछिरिङ तामाङ पुनः दोहोरिएका छन् । उनी सर्वसम्मत जिल्ला सभापतिमा चयन भएका हुन् । त्यसैगरी उपसभापतिमा ओमप्रसाद आचार्य, फुर्वावाङ्दी तामाङ, सचिवमा उत्तम थापा, लक्ष्मण देवकोटा र सहसचिवमा पासाङ तितुङ र लक्षिनछिरिङ तितुङ सर्वसम्मत चयन भएका छन् । 

त्यसैगरी, नेपाली कांग्रेस रसुवा प्रदेश सभा क्षेत्र ‘क’ को सभापतिमा श्यामकुमार गुरुङ सर्वसम्मत चयन भएका छन् । उपसभापतिमा रिक्चेन तामाङ, राजकुमार घले, सचिवमा एमबी लामा थोक्रा, तारानाथ पौडेल र सहसचिवमा राजु तामाङ र विशाल घले सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी, नेपाली कांग्रेस रसुवा प्रदेश सभा क्षेत्र ‘ख’को सभापतिमा बुचुङ तामाङ सर्वसम्मत चयन भएका छन् भने उपसभापतिमा लाक्पा कामी तामाङ, सिंगी लामा, सचिवमा नीलनाथ आचार्य, खुवाबहादुर तामाङ, सहसचिपमा सुदीप गुरुङ र राजु तामाङ सर्वसम्मत चयन भएका छन् ।

केन्द्रीय महाधिवेशन प्रतिनिधिमा २६ जना सर्वसम्मत चयन भएका छन् । मोहन आचार्य, लामाकार्पु तामाङ, प्रेम तामाङ, प्रभात तामाङ, सुनौऔदी तामाङ, मंगले तामाङ, उपेन्द्र लम्साल, केदारप्रसाद देवकोटा (कुमार), राजु तितुङ, हरिकृष्ण देवकोटा, दावामेन्दो तामाङ, चन्द्रकुमारी पनेरू, सार्कीबुट्टी तामाङ, सुनितामाया गुरुङ, डुदार्के तामाङ, छिरिङफिन्जो लोप्चन, शुक्रबहादुर थिङ तामाङ, पर्सादो तामाङ, निर्मला श्रेष्ठ, कारी तामाङ्नी, लालुमाया घले, सीता तामाङ, शशि अधिकारी, सरला देवकोटा, नुर्बुसाङ्बो घले र अनिल भुसाल सर्वसम्मत चयन भएका हुन् । 

त्यसैगरी प्रदेश सभा क्षेत्र नम्बर (क) को क्षेत्रीय अधिवेशनका लागि प्रदेश प्रतिनिधिमा जयराम देवकोटा, तेम्पानुर्पु तामाङ, डिलबहादुर मोक्तान, प्रसुनराज गुरुङ, ओमबहादुर घले, दावाग्याल्सेन तामाङ, अनिल थिङ तामाङ, अन्जिता तामाङ, अमृता पौडेल, बिबिरानी तामाङ, फुर्पुग्याम्जो तामाङ, कामी सिदार तामाङ, कुमार ग्याम्दाङ, सानुमाया तितुङ, कर्मो तामाङ, दुर्गानाथ न्यौपाने ‘बलराम’, भोजबहादुर विक, गोरमेन नेकोर तामाङ सर्वसम्मत चयन भएका छन् । 

प्रदेश सभा क्षेत्र नम्बर (ख) को क्षेत्रीय अधिवेशनका लागि प्रदेश प्रतिनिधिमा ईश्वरलाल श्रेष्ठ, बुद्धिबहादुर ढकाल, सुनिलकुमार पौडेल, सुदर्शनकुमार पौडेल, निर्मलविक्रम गोले, धनबहादुर गुरुङ, अभिनाश तामाङ, मनकला थापामगर, शेषकुमारी अधिकारी, सोनाम घले, मकरकुमार तामाङ, उदय लामा, विद्यालक्ष्मी श्रेष्ठ, उचिमाया तामाङ, रमेशकुमार न्यौपाने,  सुमित्रा पौडेल, साङतेम्पा तामाङ घले र प्रेमबहादुर विक सर्वसम्मत चयन भएका छन् । 

एक मात्र निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला रसुवामा वडा अधिवेशन सम्पन्न भएपश्चात् अधिवेशन रोकिएको थियो । पुनः नयाँ निर्वाचन अधिकृत तोकिएर आएसँगै जिल्लामा अधिवेशनको प्रक्रिया अघि बढाइएको थियो । र, सहमतिमा मंगलबार जिल्ला, प्रदेश र महाधिवेशन प्रतिनिधिहरू निर्विरोध चयन भएको बताइएको छ ।