Skip This
ad
लमजुङका ६ स्थानीय तहमा माओवादी केन्द्रको सर्वसम्मत नेतृत्व
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार १२:२४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लमजुङका ६ स्थानीय तहमा माओवादी केन्द्रको सर्वसम्मत नेतृत्व

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १२:२४:oo

लमजुङमा नेकपा माओवादी केन्द्रले ६ वटा स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ। जिल्लाको राईनास, सुन्दरबजार र मध्यनेपाल नगरपालिका तथा दोर्दी, दूधपोखरी र मर्स्याङ्दी गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको माओवादी केन्द्र लमजुङले जनाएको छ।

मर्स्याङ्दी गाउँपालिकाको सोमबार सम्पन्न प्रथम अधिवेशनले अध्यक्षमा होमराज तामाङ, उपाध्यक्षमा कमल खत्री, सचिवमा कमल गुरुङ, कोषाध्यक्षमा देवीमाया तामाङ, सहसचिवमा मदन तामाङसहित २१ सदस्यीय कमिटी गठन गरेको छ। अधिवेशनबाट प्रदेश प्रतिनिधिमा होमबहादुर विक, अजय तामाङ, कृष्णबहादुर विक र अनिता विक चयन भएका माओवादी केन्द्र जिल्ला समन्वय समितिले जनाएको छ।

यस्तै, माओवादी केन्द्रको राईनास नगरपालिकाको अध्यक्षमा पुष्प खनाल, उपाध्यक्षमा सूर्य नेपाली, राजकुमारी गुरुङ र हेमराज न्यौपाने, सचिवमा मनबहादुर गुरुङ, सहसचिवमा प्रेम श्रेष्ठ र कोषाध्यक्षमा खिला शर्मा घिमिरेसहित ६५ सदस्यीय कमिटी गठन भएको छ। सुन्दरबजार नगरपालिकामा अध्यक्ष मुरारी भुजेल, उपाध्यक्षमा सूर्यबहादुर बुढाथोकी, सिर्जना अधिकारी र महेन्द्र अधिकारी, सचिवमा ध्रुवबहादुर विक, सहसचिवमा ज्ञानेन्द्र शर्मा र कोषाध्यक्षमा अप्सरा विकसहित ५५ सदस्यीय कमिटी गठन गरिएको छ।

मध्यनेपाल नगर कमिटीको अध्यक्षमा उपेन्द्र अधिकारी, उपाध्यक्षमा नवराज घिमिरे, सोमराज अधिकारी र कृष्णप्रसाद तिवारी चयन भएका छन्। सचिवमा रामकृष्ण भट्टराई, सहसचिवमा मैया मौराती र कोषाध्यक्षमा सपना घिमिरेसहित ४९ सदस्यीय कमिटी गठन गरिएको छ। यस्तै, दोर्दी गाउँपालिकाको अध्यक्षमा सागर गुरुङ, उपाध्यक्षमा रवीन्द्र अधिकारी, आरती घिमिरे, चीन गुरुङ, सचिवमा सोमबहादुर गुरुङ, सहसचिवमा रामचन्द्र तामाङ र कोषाध्यक्षमा शान्ता विकसहित ४३ सदस्यीय कमिटी गठन गरिएको छ।

दूधपोखरी गाउँपालिकाको अध्यक्षमा क्षेत्रबहादुर गुरुङ, उपाध्यक्षमा पूर्ण न्यौपाने, खेमबहादुर गुरुङ, माया दवाडी, सचिवमा श्यामकुमार श्रेष्ठ, सहसचिवमा रामचन्द्र न्यौपाने र कोषाध्यक्षमा नीलकुमारी परियारसहित २१ सदस्यीय कमिटी गठन गरिएको छ।

बेंसीसहर नगरपालिका र क्व्होलासोंथर गाउँपालिकाको अधिवेशन बाँकी रहेको माओवादी केन्द्र लमजुङका कार्यालय सचिव हरिजंग तामाङले बताए। बाँकी दुई स्थानीय तहमा मंसिर १५ सम्म कमिटी गठन गरिने उनले जानकारी दिए।

ad
ad