मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर १५ बुधबार
  • Monday, 14 July, 2025
२o७८ मङ्सिर १५ बुधबार १२:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस धनकुटाको सभापतिमा देउवा पक्षका राई निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर १५ बुधबार १२:o७:oo

नेपाली कांग्रेस धनकुटाको जिल्ला कार्यसमिति सभापतिमा युवा नेता दिनेश राई निर्वाचित भएका छन्। मतगणनाको अन्तिम परिणामअनुसार शेरबहादुर देउवा पक्षका उम्मेदवार राई ३४ मतान्तरले सभापतिमा विजयी भएका हुन्।

निवर्तमान कोषाध्यक्षसमेत रहेका राईले सभापतिका लागि पाँच सय चार मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी कमोटकुमार फागोले चार सय ७० मत प्राप्त गरे। फागो नेता रामचन्द्र पौडेल पक्षका मानिन्छन्। उपसभापतिमा सुनिल डंगोल र निर्मल ओझा, सचिवमा विजयसन्तोषी राई र जयन्द्र घिसिङ, सहसचिवमा रोशन श्रेष्ठ र गिरिजाप्रसाद दाहाल निर्वाचित भएका छन्। निर्वाचित पदाधिकारीमध्ये ओझाबाहेक सबै देउवा प्यानलका हुन्।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मंगलबार सामुदायिक भवनमा मतदान हुँदा एक हजार ७४ मध्ये एक हजार १३ मत खसेको थियो। यो निर्वाचनसँगै धनकुटामा देउवा पक्षकाे पकड भएको छ। यसअघिको निर्वाचनमा प्रदेश सभा (क)मा जितेन्द्र रुम्दाली राई र प्रदेश सभा (ख)मा राजन पौडेल विजयी भएका थिए। उनीहरू दुवै देउवा पक्षकै हुन्। कार्यसमितिको सदस्यमा गजेन्द्र घिमिरे, पार्वती वन, टेकबहादुर कुँवर, राजेन्द्र खड्का, तोर्णबहादुर खड्का, चन्द्रकुमार याखा, शान्तिमाया राई, मनोज राई, रोशेष श्रेष्ठ, ओमबहादुर बस्नेत, रमेश पौडेल, इन्द्रबहादुर गुरुङ, कुमार याखा, पदम गुरुङ, यानिन्द्र तिगेला, अम्बिका परियार र प्रीतिमान राई निर्वाचित भएका छन्।