मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस भरतपुर
२०७८ मङ्सिर १३ सोमबार २१:५०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले महाधिवेशन : मतदान राति ११ बजेपछि 

Read Time : < 1 मिनेट
रासस भरतपुर
२०७८ मङ्सिर १३ सोमबार २१:५०:००

एमालेको दशौँ महाधिवेशनको निर्वाचनका लागि मतदान सोमबार राति ११ बजेपछि मात्रै सुरु हुने भएको छ । यसअघि ९ बजेदेखि मतदान हुने कार्यतालिका सार्वजनिक भएको थियो । 

कार्यतालिकाअनुसार दिउँसो ३ बजे नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नुपर्ने थियो । अन्तिम नामावली तयार भएपछि विद्युतीय भोटिङ मेसिन (इभिएम)को प्रणालीमा अपडेट गरिनेछ । उम्मेदवारको नामावली इभिएममा प्रविष्ट गर्न कम्तीमा ३ देखि ४ घन्टा लाग्ने एमाले केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । 

सहमतिका लागि उम्मेदवारी फिर्ता गराउन नेता जुटेका छन् । अध्यक्षमा केपी ओली र डा. भीम रावलबीच प्रतिस्पर्धा हुने भएको छ भने उपाध्यक्ष खुलातर्फ ६ पदका लागि सातजनाले उम्मेदवारी दिएका छन् । सचिवमा सातजनाको पदमा नौजनाको उम्मेदवारी परेको छ ।