मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ मङ्सिर १० शुक्रबार
  • Friday, 14 August, 2026
२o७८ मङ्सिर १० शुक्रबार १४:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले महाधिवेशनमा पुगेर देउवाले भने– ओलीजी र म जेलमेट हौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर १० शुक्रबार १४:४o:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनतासँग जोडिएका मुद्दाहरूमा समान धारण बनाउन संवाद र सहकार्य आवश्यक रहेको बताएका छन्। नेकपा एमालेको दशौँ महाधिवेशनको उद्‍घाटनमा शुभकामना व्यक्त गर्दै उनले संविधानसम्मत रूपमा हरेक समयस्याको समाधान निकाल्नुपर्ने बताए। 

उनले मनतव्यको क्रममा लोकतन्त्रका लागि एमाले अध्यक्ष केपी ओलीसँगै जेलजीवन बिताएको बताउँदै उनले आफूहरू ‘जेलमेट’ भएको बताए। देशमा थिति बसाल्ने काममा राजनीतिक दल लाग्नुपर्ने बताए। सबैको सहयोगले कोरोनाविरुद्धको खोप अभियानको लक्ष्य हासिल हुँदै गएको उनले बताए। कोरोनाको प्रभाव न्यूनीकरण हुँदै गएको र आर्थिक स्थितिमा सुधार आउँदै गएको देउवाले बताए।