मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर १० शुक्रबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका दार्चुला
२o७८ मङ्सिर १० शुक्रबार ११:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दार्चुलामा कांग्रेसको मतगणनास्थलमा झडप हुँदा तीनजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, दार्चुला
नयाँ पत्रिका
२o७८ मङ्सिर १० शुक्रबार ११:५६:oo

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दार्चुलाको जिल्ला कार्यसमिति निर्वाचनको मतगणनास्थलमा झडप भएको छ। सातौँ जिल्ला अधिवेशनको नेतृत्वका दुई सभापतिका प्रत्याशीका समूहबीच झडप भएको हो।

सभापतिका उम्मेदवार ललितसिंह बोहाेरा र अमरसिंह धामी पक्षबीच झडप भएको हो। धामी पक्षका एक नेताका अनुसार बोहाेराको समूहले धामी पक्षधरहरूलाई मतगणनास्थलमा प्रवेश गर्न नदिएपछि झडप भएको हो। झडपमा धामी पक्षका राजेन्द्र विष्ट, सुरेश विष्ट, वसन्तबहादुर साउदलगायत घाइते भएका छन्। उनीहरू शैल्यशिखर नगरपालिकाका हुन्। उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

नेपाली कांग्रेस दार्चुलाको कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि सहमति जुट्न नसकेपछि नेतृत्व चयनका लागि बिहीबार निर्वाचन भएको थियो। जिल्ला सभापतिसहित कार्यसमिति र महाधिवेशन प्रतिनिधि गरेर एक सय २५ जना नेता चुनावी प्रतिस्पर्धामा छन्। दिउँसो १२ बजेदेखि सुरु भएको मतदान साँझ ६ बजे सम्पन्न भएको थियो। कुल एक हजार ४२ मतदाता रहेकोमा नाै सय ५६ मत खसेको निर्वाचन समितिले जनाएको छ।

पदाधिकारीसहित ४२ सदस्यीय जिल्ला कार्यसमिति र २५ जना महाधिवेशन प्रतिनिधि गरेर ६७ जना पदाधिकारी चयनका लागि नाै सय ५६ जनाले मतदान गरेका थिए।