मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ मङ्सिर ९ बिहीबार १८:१७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चोरी मुद्दाका फरार दुई पक्राउ

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर ९ बिहीबार १८:१७:००

जिल्ला प्रहरी कार्यालय लमजुङले चोरी मुद्दाका फरार दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले डाँकाचोरी मुद्दामा फरार रहेका मस्र्याङ्दी गाउँपालिका– ६ का वर्ष ४५ का प्रकाश कतिला र मस्र्याङ्दी– ९ का वर्ष ३१ का धुर्मुस भन्ने अम्मरबहादुर घिमिरेलाई पक्राउ गरेको हो । 

उनीहरूलाई प्रहरीले बुधबार सदरमुकाम बेँसीसहरबाट पक्राउ गरेको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए । उनले भने, ‘कतिलालाई ३० दिन कैद र घिमिरेलाई २९ दिन कैद सजाय हुने गरी जिल्ला अदालत लमजुङबाट मुद्दा फैसला भएको थियो । 

उनीहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय लमजुङमा ०७६ साउन २२ गते डाँकाचोरी मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।