१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o७:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सर्वोच्चभित्र ‘बहिष्कृत’ जबरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:५५:oo

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आन्दोलनरत कानुन व्यवसायीबाट मात्रै होइन, सहकर्मी न्यायाधीशहरूबाटै पनि ‘बहिष्कृत’ छन् । सर्वोच्चको पूर्ण बैठक उनको अनुपस्थितिमा मात्रै बसिरहेको छ । न्यायालय सुधारका लागि जबराले मार्गप्रशस्त गर्नुपर्छ भन्ने माग राखेका न्यायाधीशहरूले उनीसँग बेन्च सेयर गर्न छाडेको धेरै भइसक्यो । नैतिक रूपमा पराजित जबरा भने अझै पद नछाड्ने ढिपीमा कायम छन् ।

गोलाप्रथाबाट इजलास तोक्न सर्वोच्च अदालत नियमावलीमा गरिनुपर्ने संशोधन र गोलाप्रथाको कार्यविधि पारित गरेको गत बिहीबारको पूर्ण बैठकमै न्यायाधीशहरूले जबरालाई बाहिर राखेका थिए । उनीबाहेक १८ न्यायाधीशको बैठकले कार्यविधि पारित गरेको थियो । प्रधानन्यायाधीशलाई ‘बहिष्कार’ गरेर न्यायाधीशहरूको मात्रै पूर्ण बैठक बस्नु दुर्लभ घटना हो । बिहीबार पनि जबराबाहेक १८ न्यायाधीशकै पूर्ण बैठक बसेर गोलाप्रथा प्रणाली लागू गर्ने मिति तय गर्दै छन् ।

इजलास र पेसी तोक्ने प्रधानन्यायाधीशको तजबिजी अधिकार पूर्ण रूपमा कटौती गरेको यो प्रणाली कार्यान्वयनमा आएपछि पनि प्रधानन्यायाधीशका रूपमा जबराले दिनदिनै ‘अपमानित’ हुनुपर्नेछ । किनभने, न्यायाधीशहरूले गोला तानेर आफ्नो इजलास आफैँ तोक्नेछन् । उनीहरूले अब पनि जबरासँग संयुक्त इजलासमा नबस्ने घोषणा गरिसकेका छन् भने जबराले गोला तान्न पनि नहुने मत राखेका छन् । यद्यपि, कानुनअनुसार जबराले पनि गोला तानेर आफ्नो इजलास आफैँ तोक्न पाउनेछन् । 

ad
ad