१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर ८ बुधबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर ८ बुधबार १४:११:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

नेतृ संग्रौलाको पुस्तक ‘कांग्रेसको अबको बाटो’ लोकार्पण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर ८ बुधबार १४:११:oo

नेपाली कांग्रेसकी नेतृ तथा प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौला पन्तद्वारा लिखित पुस्तक ‘कांग्रेसको अबको बाटो’ लोकार्पण भएको छ। बुधबार प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले संग्रौलाद्वारा लिखित पुस्तकको लोकार्पण गरेका हुन्।

पुस्तक लोकार्पणपछि देउवाले लेखक नेपाली कांग्रेसकी लोकप्रिय नेता भएको उल्लेख गर्दै पार्टीको महाधिवेशन आइरहेको वेलामा सो पुस्तकले महाधिवेशनका सहभागीहरूलाई पढेर लाभ लिने मौका मिल्ने बताए। 

लेखक संग्रौलाले नेपाली कांग्रेसलाई आगामी दिनमा कसरी अगाडि बढाउनुपर्छ भन्ने सम्बन्धमा पार्टीभित्र र बाहिर व्यापक बहस सिर्जना गर्ने उद्देश्यले पुस्तक लेखेको बताइन्। उनले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूल मर्ममा टेकेर कांग्रेसका कमी–कमजोरीरुलाई केलाउँदै पुस्तक लेखेको बताइन्। पार्टीको १४औँ महाधिवेशनमा सो पुस्तकलाई नै एजेन्डा बनाएर आफ्ना साथीहरूसमक्ष लैजाने अठोट गरेको उनले बताइन्। 

१३९ पृष्ठको पुस्तक संग्रौलाको सचिवालयले प्रकाशन गरेको हो। पुस्तकमा नेपाली कांग्रेसको संक्षिप्त इतिहास, नेपाली कांग्रेसको सैद्धान्तिक स्पष्टता, नेपाली कांग्रेसको अबको बाटो, १४औँ महाधिवेशनका एजेन्डालगायत आठवटा उपशीर्षकमा लेखहरू लेखिएका छन्।