मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ मङ्सिर ५ आइतबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर ५ आइतबार १३:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कानुन व्यवसायीहरूद्वारा गृहमन्त्री खाणको राजीनामा माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर ५ आइतबार १३:१८:oo

आन्दोलनरत कानुन व्यवसायीहरूले आइतबारको विरोध प्रदर्शनका क्रममा गृहमन्त्री बालकृष्ण खाणको राजीनामा माग गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आएका आन्दोलनरत कानुन व्यवसायीहरूले गृहमन्त्री खाणसमेतको राजीनामा माग गरेका हुन्।
 
आफूहरूले गर्दै आएको शान्तिपूर्ण आन्दोलनलाई बिथोल्ने गरी गृहमन्त्रीले दंगासहितका प्रहरी परिचालन गरेको उनीहरूको आरोप छ। शान्तिपूर्ण आन्दोलनमा प्रहरीले बल प्रयोग गरेपछि कानुन व्यवसायीहरू आक्रोशित बनेका हुन्। यसअघि प्रदर्शनका क्रममा धकेलाधकेल हुँदा आधा दर्जन कानुन व्यवसायी घाइते भएका छन्।  घाइतेमध्ये बारका केन्द्रीय सदस्य प्रकाश महर्जनको अवस्था गम्भीर छ। पछिल्लो समयमा नियमित रूपमा सर्वोच्च अदालत र नेपाल बार एसोसिएसन परिसरमा प्रहरी र कानुन व्यवसायीबीच धकेलाधकेलसम्मका कार्य हुँदै आएका छन्।
 
बारका उपाध्यक्ष ईश्वरी भट्टराईले आइतबारको विरोध प्रदर्शनमा गृहमन्त्री राजीनामा देऊ भन्दै नारा लगाएका थिए। उनीसँगै प्रदर्शनमा सहभागी अन्य वकिलहरूले पनि गृहमन्त्रीको राजीनामा माग गरेका छन्।