१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार ११:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चितुवाको छालासहित चारजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार ११:५९:oo

चितुवाको छालासहित प्रहरीले चारजनालाई पक्राउ गरेको छ। सुर्खेतको बराहताल गाउँपालिका– ५ बड्डिचौरस्थित एक होटेलबाट चितुवाको छालासहित चारजना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा अछाम पञ्चदेवल नगरपालिका– ८ का ३५ वर्षीया कमल शाही, सोही ठाउँका २२ वर्षीय चक्रबहादुर शाही, अछाम रामारोशन गाउँपालिका– ४ का २१ वर्षीय ओपेन्द्र शाह र दैलेख चामुन्डाबिन्द्रासैनी नगरपालिका– २ का ३५ वर्षीय विमल शाही रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
 
विशेष सूचनाको आधारमा प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट ब्युरोमा खटिएका संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा पक्राउ परेकाहरूबाट तीनवटा चितुवाको छाला बरामद भएको प्रहरीले जनाएको छ। घटनाका विषयमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ad
ad