Skip This
आज पनि प्रहरी र कानुन व्यवसायीबीच घम्साघम्सी, सुरक्षा व्यवस्थामा कडाइ
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर ३ शुक्रबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर ३ शुक्रबार ११:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आज पनि प्रहरी र कानुन व्यवसायीबीच घम्साघम्सी, सुरक्षा व्यवस्थामा कडाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर ३ शुक्रबार ११:३६:oo

सर्वोच्च अदालत परिसरमा आज शुक्रबार पनि प्रहरी र कानुन व्यवसायीहरूबीच घम्साघम्सी भएको छ। बिहीबारको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित आधा दर्जन कानुन व्यवसायी घाइते भएका थिए। बारले प्रहरी दमनको विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने चेतावनी दिइरहँदा आज थप सुरक्षाकर्मी परिचालित भएका छन्।

‘आजको बर्बरतापूर्ण आक्रमणको अनुसन्धान र आगामी कार्यक्रममा अनुगमन गर्न हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबै मानव अधिकारसम्बन्धी संघसंस्थालाई आह्वान गर्दछौँ । साथै, भोलिदेखि नै अदालत परिसरबाट दंगा प्रहरी हटाउन गृह प्रशासन र अदालत प्रशासनको गम्भीर ध्यानाकर्षण गराउँदछौँ,’ बारले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। आज धर्नास्थलमा चेकजाँच र सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको छ।

बारले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई राजीनामाका लागि आज ३ बजेसम्मको अल्टिमेटम दिँदै राजीनामा नआए चौथो चरणको आन्दोलन गर्ने चेतावनी दिएको छ।