Skip This
ad
केपी ओलीको दाबी– पाँचदलीय गठबन्धनको जमानत जफत हुन्छ 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार १८:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

केपी ओलीको दाबी– पाँचदलीय गठबन्धनको जमानत जफत हुन्छ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १८:५o:oo

एमाले अध्यक्ष केपी ओलीले परमादेशबाट जन्मिएको सरकारका कारण सर्वोच्च अदालतमा तमासा भइरहेको आरोप लगाएका छन् । एमाले बाँकेले नेपालगन्जमा आयोजना गरेको ‘पार्टी प्रवेश’ कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले परमादेशबाट सरकार बनाउन बहस, पैरवी गर्ने कानुन व्यवसायीहरूले अदालत परिसरमा मुक्का हानाहान गरी अदालतको गरिमामाथि आँच पुर्याएको बताए । 

उनले प्रधानमन्त्री शेरबहादुर देउवा चारवटा बैशाखी टेकेर हिँडेको आरोप लगाउँदै देउवाका कारण कांग्रेस बिपी पथबाट प्रचण्डपथमा लागेको बताए । ‘कांग्रेसले बिपीपथ त्यागिसक्यो, गणेशमान र कृष्णप्रसाद भट्टराईको आदर्श बिर्सेर प्रचण्डपथमा हिँडिसक्यो,’ उनले भने, ‘सिद्धान्त नभएको कांग्रेसको विचार र सिद्धान्त बूढो भइसक्यो ।’

गठबन्धनबिना चुनावी मैदानमा आए कांग्रेससहित दलको जमानत जफत हुने उनले जिकिर गरे । उनले कांग्रेसलाई खिया लागेको फलामको संज्ञा दिए । दम भए एक्लाएक्लै चुनावी मैदानमा आउन ओलीले पाँचदलीय गठबन्धनलाई चुनौती दिए । ‘एमालेसँग लड्ने हैसियत कांग्रेसले गुमाइसक्यो, माओवादी केन्द्र र एकीकृत समाजवादीको त कुरै नगरौँ, उनीहरूले दलीय हैसियत गुमाइसके,’ ओलीले भने ।

उनले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई कुलंगारको संज्ञा दिए । पार्टीको झन्डा बोकेर थोरै सांसद भएका कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन अदालत जानेहरू कम्युनिस्ट हुन नसक्ने बताउँदै उनले एमालेबाट झमेला, अहंकार, दम्भ देखाउनेहरू बाहिरिएको जिकिर गरे । 

सर्वोच्च अदालतका केही न्यायाधीश र आफूलाई कानुनको ज्ञाता ठान्नेहरूले कानुनी राज्यको खिल्ली उडाएको बताउँदै ओलीले जालझेल गरेर सत्तामा आएको सरकारको आयु लामो नभएको ठोकुवा पनि गरे । उनले अदालतको गरिमा जोगाउन अदालतको आदेश स्वीकार गरेको पनि बताए । ‘परमादेशबाट सरकार गठन हुने कानुनी व्यवस्था विश्वभर कहीँकतै छैन, दुर्भाग्य हाम्रो देशको अदालतले बहुमत भएको पार्टीको नेतालाई हटाएर नामै किटान गरी परमादेशबाट सरकार गठन गर्न निर्देशन दिन्छ । योभन्दा अर्को दुर्भाग्य हुन सक्दैन,’ ओलीले भने । 

कार्यक्रममा जिल्ला विकास समितिका पूर्वसभापति पशुपति दयाल मिश्र, अडिटर करिम खाँ, कोहलपुर नगर विकास समितिका पूर्वअध्यक्ष गिर्जा पाठकलगायत तीन हजार नौ सय ९३ जनाले पार्टी प्रवेश गरेको एमाले बाँकेले दाबी गरेको छ ।
 

ad
ad