१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o९:o६:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सरकारकै छात्रवृत्तिमा विदेश पढेर आएका विद्यार्थीलाई त्रिविले दिएन मान्यता

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:o६:oo

शिक्षा मन्त्रालयले तोकेको मापदण्डभित्र परेर त्रिविकै पदाधिकारी सम्मिलित समितिबाट छनोट भई चीन गएका विद्यार्थीलाई पढाइ सकेर फर्किएको दुई वर्षसम्म पनि त्रिविले समकक्षता दिएन 

सरकारी छात्रवृत्तिमा पढेर आएको भए पनि समकक्षता नपाउँदा तनाव भएको छ । भविष्य के हुने भन्ने चिन्ता छ -  हिमांशुुकुमार ठाकुर, विद्यार्थी

शिक्षा मन्त्रालयको छात्रवृत्तिमा छनोट भई चीनमा रेल्वे इन्जिनियरिङ पढेर आएका विद्यार्थी हिमांशुुकुमार ठाकुर र सुनीलकुमार मण्डललाई त्रिविले समकक्षता नदिएपछि स्वदेशमा अलपत्र परेका छन् । मास्टर्स इन रेल्वे इन्जिनियरिङको तीनवर्षे कोर्स सकाएर फर्किएका उनीहरूलाई स्नातक तहमा पढेको विषयसँग नमिलेको भन्दै त्रिवि पाठ्यक्रम विकास केन्द्रले स्नातकोत्तरको समकक्षता दिन अस्वीकार गरेको हो ।

शिक्षा मन्त्रालयका सहप्रवक्ता डा. हरिप्रसाद लम्साल भन्छन्–लामो समय समस्या भयो, अब समाधान हुन्छ

चीनमा रेल्वे इन्जिनियरिङ पढेर आएका विद्यार्थीले लामो समयसम्म दुःख पाएका छन् । शिक्षा मन्त्रालयले निकासका लागि त्रिविको इन्जिनियरिङ डिन कार्यालयलाई आग्रह गरेको छ । एकेडेमिकल्ली विश्वविद्यालयले नै निर्णय गरेर निकास खोज्नुपर्ने हुन्छ । डिन कार्यालयले निकासको बाटो निकाल्न लागेको छ । लामो समय समस्या भयो, अब समाधान खोज्नुपर्छ ।

जब कि उनीहरू त्रिविकै इन्जिनियरिङ डिन कार्यालयका पदाधिकारीले गरेको निर्णयका आधारमा अध्ययनका लागि चीन गएका थिए । इन्जिनियरिङ अध्ययन संस्थानका सहायक डिनसमेत सम्मिलित छनोट समितिले उनीहरूलाई चीन अध्ययनमा पठाउने निर्णय गरेको थियो । 

ठाकुर र मण्डलले स्नातक तहमा इलेक्ट्रिकल इन्जिनियरिङ अध्ययन गरेका थिए । यो विषय इलेक्ट्रोनिक्सअन्तर्गतको भएको र उनीहरूले चीनमा पढेको रेल्वे इन्जिनियरिङ सिभिल इन्जिनियरिङअन्तर्गत भएकाले समकक्षता दिन नमिल्ने त्रिविको तर्क छ । जब कि छात्रवृत्तिका लागि आवेदन माग्दा नै शिक्षा मन्त्रालयले बिई मेकानिकल एन्ड इन्डस्ट्रियल, बिई इलेक्ट्रिकल र बिई सिभिलमध्ये एउटा सकाएको हुनुपर्ने मापदण्ड तोकेको थियो । बिई इलेक्ट्रिकल सकेका उनीहरूले पनि आवेदन दिएका थिए । 

सन् २०१६ मा छनोट भएर चीन गएका ठाकुर पढाइ सकेर फर्किएको दुई वर्ष भइसकेको छ । उनले छात्रवृत्तिमा पढ्न पठाउने शिक्षा मन्त्रालयमा समेत गत ३० फागुन ०७६ मा समकक्षताका लागि निवेदन दिएको बताए ।

‘सन् २०१९ मा रेल्वे इन्जिनियरिङ सकेर नेपाल आएको हो । समकक्षताका लागि त्रिविमा सबै डकुमेन्ट बुझाएँ, तर अझै पाएको छैन,’ ठाकुरले भने, ‘सरकारी छात्रवृत्तिमा पढेर आएको भए पनि समकक्षता नपाउँदा तनाव भएको छ । भविष्य के हुने भन्ने चिन्ता छ ।’ त्रिविका अधिकारीले समकक्षता पाउनका लागि अझै पढ्नुपर्ने बताउने गरेको उनले सुनाए । 

मण्डल भने सन् २०१८ मा रोड एन्ड रेल्वे इन्जिनियरिङ अध्ययनका लागि चीन गएका थिए । उनी केही समयअघि अध्ययन सकेर फर्किएका थिए । तर, उनलाई पनि त्रिविले समकक्षता दिन नमिल्ने भनिरहेको छ । 

शिक्षा मन्त्रालयका सहप्रवक्ता हरिप्रसाद लम्सालले चीनमा रेल्वे इन्जिनियरिङ पढेर आएका विद्यार्थीले पाएको दुःखबारे जानकार भएको र निकासका लागि सम्बन्धित डिन कार्यालयलाई आग्रह गरेको बताए । ‘मन्त्रालयले त्रिविको इन्जिनियरिङ डिन कार्यालयलाई निकास दिन आग्रह गरेको छ । अब विद्यार्थीले दुःख नपाउने गरी समाधान खोज्नुपर्छ,’ उनले भने, ‘समस्या भएको धेरै भयो, अब समाधान हुन्छ ।’तर, त्रिवि पाठ्यक्रम विकास केन्द्रले दिने गरेको जवाफले विद्यार्थी भने भविष्य नै अन्योलमा रहेको भन्दै चिन्तित छन् । 

मन्त्रालयले मागेको मापदण्डसँग मिल्ने भएपछि दिएका थिए आवेदन 
शिक्षा मन्त्रालयले मागेको मापदण्डमा पर्ने भएपछि नै विद्यार्थी हिमांशुकुमार ठाकुर र सुनीलकुमार मण्डलले आवेदन दिएका थिए । मन्त्रालयले मास्टर्स इन रेल्वे इन्जिनियरिङका लागि स्नातकमा तीन स्ट्रिमका विषय अध्ययन गरेको हुनुपर्ने मापदण्ड तोकेको थियो । बिई मेकानिकल एन्ड इन्डस्ट्रियल, बिई इलेक्ट्रिकल र बिई सिभिल अध्ययन सकेकाबाट आवेदन मागिएको थियो । उनीहरूले बिई इलेक्ट्रिकल सकेकाले आवेदन दिएका थिए । त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानका सहायक डिनसमेत सम्मिलित छनोट समितिले उनीहरूलाई छनोट गरेको थियो । 

 

ad
ad