१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ जेठ ३ बिहीबार १४:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

तेस्रो दिन पनि विराटनगरमा कानुन व्यवसायीको धर्ना निरन्तर

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १४:३o:oo

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आज मंगलबार तेस्रो दिन पनि विराटनगरमा कानुन व्यवसायीहरूले कालोपट्टी बाँधेर अदालतअगाडि धर्ना दिएका छन्। विराटनगरस्थित जिल्ला अदालत मोरङ र उच्च अदालत विराटनगर परिसरमा प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीले आज तेस्रो दिन पनि कालोपट्टी बाँधेर एक घन्टा धर्ना दिएका हुन्।

उनीहरूले अदालत परिसरमा अलगअलग धर्ना दिएका हुन्। मोरङ बार एसोसिएसनले अध्यक्ष पुनम गुप्ताको नेतृत्वमा र  उच्च अदालत बार इकाइले अध्यक्ष नारायणप्रसाद दाहालको नेतृत्वमा प्रधानन्यायाधीशको राजीनामा माग गर्दै  बिहान ११ बजेदखि दिउँसो १२ बजेम्म एक घन्टा धर्ना दिएका हुन्।

प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म विराटनगरका कानुन व्यवसायीले बार एसोसिएसन केन्द्रीय समितिको निर्देशनअनुसार संघर्ष निरन्तर जारी राख्ने उच्च अदालत विराटनगर बार इकाइका अध्यक्ष दाहालले बताए।

ad
ad