Skip This
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Saturday, 27 July, 2024
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी
२o८१ जेठ ३ बिहीबार o७:o६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

एमालेले विश्वासको मत दिने, तत्काल सरकारमा नजाने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o७:o६:oo

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बिहीबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिन बिहीबार बिहान सवा १० बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ । एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी एमाले, माओवादी, नागरिक उन्मुक्ति र एकजना स्वतन्त्र सांसदको समर्थनमा गत ६ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

बुधबार बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ । मुख्यमन्त्रीलाई विश्वासको मत दिन एमाले संसदीय दलले आफ्ना सांसदलाई ह्विप जारी गरेको छ । तर, एमाले तत्काल सरकारमा सहभागी हुनेछैन । अर्काे निर्णय नहुँदासम्म सरकारमा सहभागी नहुने निर्णय बैठकले गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए । मुख्यमन्त्री सोडारीले यसअघि २१ र २२ वैशाखमा विश्वासको मत लिने प्रयास गरेका थिए, तर एमाले मत दिन तयार नहुँदा प्रदेश सभाका बैठक स्थगित गरिएको थियो । 

मुख्यमन्त्रीको पक्षमा मत दिने निर्णयका लागि माओवादीले बिहीबार बिहान ८ बजे संसदीय दलको बैठक डाकेको छ । दलको बैठकपछि मुख्यमन्त्रीलाई विश्वासको मत दिन ह्विप जारी गरिने दलका नेता मानबहादुर धामीले बताए । मुख्यमन्त्रीले विश्वासको मत पाएपछि सरकार विस्तारबारे गठबन्धनमा छलफल हुने उनले बताए ।

५३ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन २७ सदस्यले समर्थनमा मतदान गर्नुपर्छ । सत्तापक्षमा अहिले एमालेका ११, माओवादीका सभामुखबाहेक १०, एकीकृत समाजवादीका चार र स्वतन्त्र सांसद तारा जोशीको समर्थन छ । त्यस्तै, नागरिक उन्मुक्तिका सातमध्ये अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका दुईजनाले मुख्यमन्त्रीलाई समर्थन गरेका छन् । उनीहरू दुवैजना प्रदेश सरकारमा मन्त्री छन् । प्रदेश सभामा कांग्रेसका १८ र राप्रपाका एक सांसद छन् ।

गठबन्धनमा रहने कि कांग्रेससँग सहकार्य गर्ने भन्ने विषयमा नागरिक उन्मुक्तिमा दुई पक्षबीच तीव्र मतभेद रहँदै आएको छ । यसअघि नागरिक उन्मुक्तिमा रेशम चौधरी पक्षका बहुमत सांसद कांग्रेस नेतृत्वको सरकारको पक्षमा उभिएका थिए । विवाद बढेपछि अध्यक्ष श्रेष्ठले घनश्याम चौधरीलाई दलको नेताबाट हटाएर कैलाश चौधरीलाई जिम्मेवारी दिएकी थिइन् । त्यसयता दलको नेता कसलाई मान्ने भन्ने विवाद छ ।