मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ कार्तिक ३० मंगलबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक ३० मंगलबार १२:२४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले वृद्धि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक ३० मंगलबार १२:२४:oo

नेपाली बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले वद्धि भएर ९४ हजार आठ सय रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार तीन सय रुपैयाँ रहेको  छ।  अघिल्लो दिन तेजाबी सुन प्रतितोला ९३ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य सोमबारका तुलनामा १० रुपैयाँले वृद्धि भएर एक हजार दुई सय ९० रुपैयाँ कायम भएको छ। चाँदी शुक्रबार प्रतितोला एक हजार दुई सय ८० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार आठ सय ६६ डलर आसपासमा कारोबार भइरहेको छ।