मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर ११ शनिबार
  • Saturday, 27 November, 2021
नयाँ पत्रिका काठमाडाैं
२०७८ कार्तिक २८ आइतबार ०७:३९:००
Read Time : < 1 मिनेट
साहित्य प्रिन्ट संस्करण

‘द पर्पल बुक अफ  ट्याक्स’ बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ कार्तिक २८ आइतबार ०७:३९:००

सिए शेषमणि दाहालद्वारा लिखित ‘द पर्पल बुक अफ ट्याक्स’को चौथो संस्करण बजारमा आएको छ । पुस्तकमा आर्थिक ऐन, २०७८ ले संशोधन गरेको आयकर ऐन, मूल्य अभिवृद्धि कर ऐन नेपाली तथा अंग्रेजी भाषामा प्रस्तुत गरिएको छ । त्यस्तै, भन्सार र अन्तःशुल्कका व्यवस्थालाई सरल भाषामा प्रस्तुत गरिएको छ ।

आयकर तथा मूल्य अभिवृद्धि कर निर्देशिकाले गरेका विशेष कानुनी व्याख्याहरू ऐनका व्यवस्थासँगै मिलाएर राखेका कारणले पाठकलाई कानुन पढ्न र बुझ्न सरल हुने विश्वास लेखक दाहालको रहेको छ ।

यस पुस्तकमा आन्तरिक राजस्व विभागले जारी गरेका परिपत्र, पूर्वादेश तथा सर्वोच्च अदालतले करसम्बन्धी मुद्दामा गरेका महत्वपूर्ण व्याख्या तथा फैसलालाई ऐनका दफासँगै मिलाएर राखिएको छ । यो पुस्तक करसम्बन्धी महत्वपूर्ण स्रोत सामग्रीका रूपमा पाठकहरूले प्रयोग गर्न सक्ने उनको भनाइ छ । पुस्तक दराज अनलाइन सपमार्फत पाठककै ठेगानामा निःशुल्क डेलिभरी गर्ने सुविधा रहेको छ ।