१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १९:११:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी घोषणा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १९:११:oo

कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य प्रदीप पौडेलले केन्द्रीय महामन्त्री पदको उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार गृह जिल्ला तनहुँमा आयोजित चियापान कार्यक्रममा पौडेलले आसन्न महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका– ८ मा भएको चियापान कार्यक्रममा पुगेर पौडेलले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरे ।  ‘यसअघि पार्टीमा मैले पाएको जिम्मेवारीमा परिणाम आउने गरी काम गरेको छु र त्यसको मूल्यांकन पार्टीपंक्तिले गरेको नै छ । समस्याको पहिचान गरेर समाधान दिन सक्ने व्यक्तिले नै जिम्मेवारी लिने हो,’ पौडेलले भने, ‘त्यसैले आसन्न महाधिवेशनमा मैले कांग्रेसको महामन्त्रीमा उठ्ने निर्णय गरेको छु । तपाईंहरू सबैको सहयोग र सद्भावको अपेक्षा छ ।’ 

उनले कांग्रेसभित्र महामन्त्रीले गर्नुपर्ने आन्तरिक लोकतन्त्रको सुदृढीकरण र संगठनलाई सबल बनाउने कामलाई आफूले प्रभावकारी ढंगले सम्पन्न गर्ने बताए । उनले आफूले यसअघि नेविसंघ र पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गरेको अनुभवका आधारमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेको बताए । ‘मेरो धेरै लामो अनुभव भैसक्यो । जटिल समस्या सामाधान गर्ने विषयमा पनि मेरो अग्रसरता देखिइसक्यो । समस्या के हो भन्ने पनि थाहा छ र समाधानका उपाय के हुन् भन्नेमा पनि म स्पष्ट नै छु । त्यसैले नेपाली कांग्रेसको संगठन चुस्तदुरुस्त र प्रभावकारी बनाउनका लागि मेरो उम्मेद्वारी महामन्त्री पदमा नै हुन्छ,’ उनले भने । 

कांग्रेसको १४औँ महाधिवेशनका लागि महामन्त्री पदमा उम्मेदवारी दिने पौडेल तेस्रो नेता हुन् । यसअघि गगन थापा र विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको सदस्यमा रहेर काम गरिरहेका कारण पौडेलले महामन्त्री पदको उम्मेदवारी घोषणा गरिसकेका थिएनन् । उक्त समितिले सदस्यता विवाद बाँकी रहेका जिल्लामध्ये रसुवाको सोमबार र रौतहटको बुधबार समाधान गरेर नामावली सार्वजनिक गरेलगत्तै बिहीबार उम्मेदवारी घोषणा गरेका हुन् ।

पौडेल यसअघि नेता कृष्ण सिटौलानिकट मानिन्छन् । उनले यसपटक पनि सिटौलाकै समूहबाट महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेको बताए । नेता सिटौलाले पनि बुधबार मात्रै १४औँ महाधिवेशनमा आफू टिमसहित प्रतिस्पर्धा गर्ने बताएका थिए । त्यसको भोलिपल्टै पौडेलले पनि महामन्त्री पदको उम्मेदवारी घोषणा गरेका छन् । यद्यपि, पछिल्लो समय सिटौला र पार्टी सभापति शेरबहादुर देउवानिकट रहेर महाधिवेशनमा जाने चर्चा चलिरहेको छ।

पौडेलले १२औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका थिए । उनी पछि केन्द्रीय सदस्यमा मनोनीत भएका थिए । १३औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्यमा विजयी भएका थिए। क्याम्पसबाट राजनीति सुरु गरेका पौडेल विद्यार्थी संगठनको सभापतिसमेत भएका थिए । अघिल्लो आमनिर्वाचनमा पौडेल तनहुँबाट प्रदेश सभा सदस्यमा झिनो मतले पराजित भएका थिए।

ad
ad