१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o७:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

जगदम्बा–श्री सम्मान र  मदन पुरस्कार अर्पण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:२९:oo

मदन पुरस्कार गुठीले जगदम्बा–श्री र मदन पुरस्कार अर्पण गरेको छ । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले बुधबार आयोजित समारोहमा नृत्यशास्त्री भैरवबहादुर थापालाई २०७७ सालको जगदम्बा–श्री सम्मान र लेखक भगीराज इङ्नामलाई लिम्बुवानको ऐतिहासिक दस्ताबेज संग्रह पुस्तकका लागि २०७७ को मदन पुरस्कार अर्पण गरेका हुन् । 

समारोहमा नृत्यशास्त्री थापाले आफ्नो कामको मूल्यांकन भएकोमा खुसी लागेको बताए । यतिका वर्षसम्म राज्यले नसम्झे पनि मदन पुरस्कार गुठीले मूल्यांकन गरेको उनको भनाइ थियो । यस्तै, मदन पुरस्कार ग्रहण गर्दै लेखक इङ्नामले आफूले लेखेको लिम्बुवानको इतिहास अनुमोदन भएको महसुस गरेको बताए । यसले इतिहासको खोज, अनुसन्धानमा काम गर्ने अन्य व्यक्तिलाई पनि प्रेरणा दिने उनको भनाइ थियो ।

ad
ad