टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ १३ बिहीबार
  • Thursday, 27 January, 2022
रासस बगदाद
२०७८ कार्तिक २३ मंगलबार १३:३९:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

इराकी प्रधानमन्त्रीको हत्या प्रयासको राष्ट्रसंघद्वारा निन्दा

Read Time : < 1 मिनेट
रासस बगदाद
२०७८ कार्तिक २३ मंगलबार १३:३९:००

इराकी प्रधानमन्त्री मुस्ताफा अल कादिमीको हत्या प्रयासको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ। राष्ट्रसंघीय सुरक्षा परिषद्ले सो हत्या प्रयासको कडा शब्दमा निन्दा गरेको हो। गत आइतबार इराकी प्रधानमन्त्री कादिमीको निवासमा ड्रोन हमला भएको थियो। प्रधानमन्त्रीलाई हत्या गर्ने उद्देश्यले ड्रोन हमला गरिएको अनुमान गरिएको छ।

पछि इराकी सरकारले गरेको अनुसन्धानबाट उनको हत्याका लागि सो ड्रोन हमला भएको बुझिएको छ। बग्दादको ग्रिनजोन क्षेत्रमा भएको सो आक्रमणमा प्रधानमन्त्री सुरक्षित छन्। इराकी सेनाले जनाएअनुसार सो आक्रमणमा प्रधानमन्त्रीका केही अंगरक्षक घाइते भएका छन्।

राष्ट्रसंघीय सुरक्षा परिषद्ले प्रकाशन गरेको विज्ञप्तिमा सो कार्यको कडा शब्दमा निन्दा गरिएको छ। साथै यस कार्यमा संलग्न हुने जोकोहीलाई पनि नियन्त्रणमा लिएर कडाभन्दा कडा कारबाही गर्न भनिएको छ।

विज्ञप्तिमा संयुक्त राष्ट्रसंघ जहिले पनि शान्त, सार्वभौम र प्रजातान्त्रिक इराकको पक्षमा रहेको पनि स्पष्ट गरिएको छ।  सो आक्रमणको जिम्मा कुनै समूहले लिएको छैन। ग्रिनजोनमा सामान्यतया सेनाले बाक्लो गस्ती गर्ने गर्छ। यसैकारणले पनि प्रधानमन्त्री कादिमी सुरक्षित रहेका बताइएको छ।

ड्रोनमा विस्फोटक पदार्थ भरेर प्रधानमन्त्रीलाई निशाना बनाइएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। प्रधानमन्त्रीलाई ड्रोन आक्रमणमार्फत हत्या प्रयास भएको इराकी सरकारले जनाएको छ। प्रधानमन्त्री अल कादिमीले आफू सुरक्षित रहेको भन्दै देशमा शान्ति कायम गर्न र सबैलाई संयमित रहन अपिल गरेका छन्।