१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १२:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

शिक्षक अस्पतालका लागि जग्गा खोज्न समिति गठन    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १२:४५:oo

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूका लागि शिक्षक अस्पताल बनाउनका लागि उपयुक्त ठाउँ खोज्न डा. विमल चालिसेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ।

मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार समितिलाई दुई महिनाभित्र काठमाडौं वा चितवनलगायत सहरको उपयुक्त ठाउँमा जग्गा खोज्न कार्यावधि तोकिएको छ।

यसैबीच शिक्षामन्त्रीस्तरीय बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत कर्णाली प्रदेशस्तरीय कार्यालय भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको छ। त्यसका लागि लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ५ मा जग्गाको व्यवस्था गरिएको बताइएको छ। रासस
 

ad
ad