१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
दुर्घटनापछि आक्रोसित स्थानीयले बसमा आगजनी गरेका छन्।
२o८१ बैशाख २३ आइतबार o८:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

देउसी टोलीलाई बसले ठक्कर दिँदा दुईको मृत्यु, नौ घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o८:३३:oo

देउसी टोलीलाई बसले ठक्कर दिँदा गएराति दुईजनाको मृत्यु भएको छ। घटनामा नाैजना घाइते भएका छन्।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगर– १९ स्थित नेवारपानीमा शनिबार राति १० बजे देउसी खेल्दै हिँडेका स्थानीय पैदल यात्रुलाई हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको यात्रुबाहक बसले ठक्कर दिएको हो। 

बसको ठक्करबाट मृत्यु हुनेमा हेटौँडा– १९ का २० वर्षीय सुरज विष्ट र चितवनको पिप्ले स्थायी निवासी ३४ वर्षीय प्रेमबहादुरसिंह ठकुरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार नौजना घाइतेहरूमध्ये एकजना सामान्य उपचारपछि घर फर्किसकेका छन्। आठजनाको उपचार भइरहेको प्रहरीले जनाएको छ। 

घाइतेहरूमध्ये हाल पाँचजनाको हेटौँडा– ११ स्थित चुरेहिल अस्पताल र तीनजनाको भरतपुरमा उपचार भइरहेको मकवानपुर प्रहरी प्रवक्ता नायब प्रहरी उपरीक्षक जयश्वर रिमालले बताए। घटनापछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन्। 

आगजनीका कारण बस पूर्ण रूपमा ध्वस्त भएको छ। सडकमा बस आगजनीका कारण केही घन्टा राजमार्ग अवरुद्ध भएको थियो। डिएसपी रिमालका अनुसार हाल राजमार्ग पूर्ण सुचारु छ।

चालक र स्थानीय पक्राउ
दुर्घटनापछि प्रहरी टोलीले बसचालक र एक स्थानीयलाई पक्राउ गरेको छ। मकवानपुर प्रहरी प्रवक्ता रिमालका अनुसार बसचालक रौतहट चन्द्रपुर नगरपालिका– ६ बस्ने ३८ वर्षीय अमितकुमार कार्की र घटनापछि बसमा आगजनी नियन्त्रण र राजमार्ग खुलाउने क्रममा प्रहरीमाथि ढुंगामुडा गर्ने हेटौँडा–१९ निवासी ३२ वर्षीय सुनिल ठकुरी पक्राउ परेका हुन्।

ad
ad