मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ कार्तिक १७ बुधबार
  • Saturday, 12 July, 2025
२o७८ कार्तिक १७ बुधबार १५:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भन्सार छली गरी ल्याइएका ६६ लाखभन्दा बढीका सामान रुपन्देही प्रहरीद्वारा बरामद 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक १७ बुधबार १५:o१:oo

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भन्सार छली गरी नेपाल ल्याइएका करिब ६६ लाख मूल्यबराबरको सामान बरामद गरेको छ। विशेष सुराकीको आधारमा बुधबार बिहान रुपन्देहीको बुटवल उपमहानगरपालिका– १ तिनाउ पुलनजिकबाट दुईवटा पिकअप गाडीमा ल्याइएको ५१ लाख मूल्यबराबरको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए। 

प्रहरीले सामानसहित पिकअपचालक रुपन्देही सैनामैना नगरपालिका– २ बस्ने ४० वर्षीय तुलसी थारू र सोही स्थानका ४० वर्षीय मीनप्रसाद भण्डारीलाई पक्राउ गरेको छ। 

प्रहरीले लु.१ज ४६३६ र लु.१ज ३७८७ नम्बरको पिकअप गाडीमा ल्याउँदै गरेको लिपगार्ड ६० हजार पिस, उनी कुर्था–सुरुवाल सेट दुई सय ३६ थान, चुन्नी ६ सय पिस, बनारसी साडी ६७ पिस र गाडी गरी ५१ लाख ४८ हजार पाँच सयबराबरको समान बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी सत्यनारायण थापाले जानकारी दिए । पक्राउ परेका चालकसहित गाडी र सामान आवश्यक कारबाहीका लागी भैरहवा भन्सार चलान गरेको प्रहरीले जनाएको छ।

त्यसैगरी इलाका प्रहरी कार्यालय मंगलापुर रुपन्देहीबाट खटिएको प्रहरी टोलीले तिलोत्तमा नगरपालिका– १५ मधवलिया चोकमा भारतबाट अवैध रूपमा भन्सार छली ल्याउँदै गरेको सर्ट कपडा, स्पोर्ट जुत्ता र छाला जुत्ता गरी पाँच लाख ३४ हजारबराबरको अवैध सामान बरामद गरी आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय चलान गरेको जनाएको छ।