१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७८ कार्तिक १७ बुधबार ०९:१६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुई सातादेखि अवरुद्ध सिमकोट-खार्पु सडक खुलेन

Read Time : < 1 मिनेट
२०७८ कार्तिक १७ बुधबार ०९:१६:००

दुई सातादेखि अवरुद्ध कर्णाली करिडोरको सिमकोट–खार्पु सडकखण्ड सञ्चालनमा आउन सकेको छैन । अविरल वर्षाले ठाउँठाउँमा पहिरो जाँदा सडक दुई सातादेखि अवरुद्ध भएको छ । सडक अवरुद्ध  हुँदा  सिमकोट–खार्पु खण्डमा साना बोलेरो जिपहरू दुई सातादेखि बन्द भएका हुन् ।  

सडक अवरुद्ध भएसँगै स्थानीयलाई आवतजावतमा समस्या भएको चंखेली गाउँपालिका– ५ का स्थानीय जसिलाल तामाङले गुनासो गरे। याङचुदेखि सिमकोटसम्म १० देखि १२ स्थानमा पहिरोले सडक अवरुद्ध तामाङले बताए । दुई साता बितिसक्दासमेत सरोकारवाला निकायले चासो नदेखाउँदा आवतजावत गर्न स्थानीयलाई  कठिन भएको खार्पुनाथ गाउँपालिका– ५ का प्रकाश बहादुर शाहीको भनाइ छ । 

पहिरो पन्छाउने काममा ढिलासुस्ती हुँदा सिमकोट–खार्पु १३ किलोमिटर सडकमा यात्रुहरू सास्ती भोग्न बाध्य छन् ।  सिमकोटदेखि हिल्सासम्म सडकको पहिरो पन्छाउने जिम्मा हिल्सा–सिमकोट सडक योजनाले पाएकाे छ । ९० किलोमिटर सडककाे पहिरो पन्छाउने काम सुरु गरिसकेको हिल्सा–सिमकोट सडक योजना प्रमुख विसुनदास लामाले जानकारी दिए ।