१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
गणेश लम्साल विराटनगर
२०७८ कार्तिक १६ मंगलबार १७:०७:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

प्रदेश १ मा नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ कार्तिक १६ मंगलबार १७:०७:००

प्रदेश १ ,मा नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेशप्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीलाई पद तथा गोयनीयताको शपथ गराएपछि मन्त्रीहरूले शपथ लिएका हुन्।

एकीकृत समाजवादीको प्रदेश सभामा संसदीय दलका नेता रहेका राजेन्द्र राई आज मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएसँगै उनले आजै ६ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। गठबन्धनमा आवद्ध दलहरूको छलफलपछि राईले चार विभागीय र एक राज्यमन्त्री नियुक्त्त गरेर ६ सदस्यीय मन्त्रिपरिषद् बनाएका हुन्।

कांग्रेसका केदार कार्कीले आन्तरिक  मामिला तथा कानुनमन्त्री, कांग्रेसकै हिमाल कार्कीले भौतिक योजना तथा पूर्वाधार विकास, जनता समाजवादीका जयराम यादवले समाजिक विकास र माओवादीका इन्द्रबहादुर आङ्बोले आर्थिक मामिला तथा योजनामन्त्रीका रूपमा शपथ ग्रहण गरेका हुन्। यसैगरी, गठबन्धनमा रहेको संघीय लोकतान्त्रिक मञ्चकी विष्णु तुम्बाहाम्फेले सामाजिक विकासमन्त्रीका रूपमा शपथ लिएकी हुन्।

कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालय भने हाल मुख्यमन्त्री राई आफैँले राख्ने भएका छन्।