मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
गणेश लम्साल विराटनगर
२०७९ फाल्गुण १७ बुधबार २२:१५:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

प्रदेश १ को नाम ‘कोसी’, दुईतिहाइले प्रस्ताव पारित

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ फाल्गुण १७ बुधबार २२:१५:००

प्रदेश १ को नाम ‘कोसी’ राख्ने प्रस्ताव दुईतिहाइले पारित भएको छ । भर्खरै सकिएको मतदानमा दुईतिहाइबाट प्रदेशको नाम ‘कोसी’ पारित भएको हो । 

प्रदेश १ ले झन्डै ६ वर्षपछि नाम पाएको हो । प्रदेश सभाको अघिल्लो कार्यकालमा समेत नाम राख्ने प्रयास भएको थियो । तर, तत्कालीन समयमा विभिन्न नामहरूमाथि भएका मतदानमा कुनै पनि प्रस्तावले आवश्यक मत जुटाउन सकेका थिएनन् । 

एमालेले संसदमा दर्ता गराएको ‘कोसी’ नामसम्बन्धी प्रस्तावको पक्षमा ८२ मत खसेको छ भने विपक्षमा ४ मत परेको छ । सभामुखसहित ९३ सदस्यीय प्रदेश सभाको आजको बैठकमा ६ सांसद अनुपस्थित थिए । 

एकीकृत समाजवादी र जसपाले भने प्रदेशको नाम किरात लिम्बुवान सगरमाथा प्रस्ताव गरेका थिए ।