मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
गणेश लम्साल विराटनगर
२०७९ फाल्गुण १७ बुधबार २२:०७:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

प्रदेश १ मा ‘कोसी’ नाममा मतदान हुँदै, सभामुखको आदेशमा निकालिए सञ्चारकर्मी

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ फाल्गुण १७ बुधबार २२:०७:००

प्रदेश १ को नाम टुंगो लगाउन अहिले प्रदेश सभाको बैठकमा नामाकरणसम्बन्धी प्रस्तावमाथि मतदान सुरु भएको छ । अहिले प्रदेश १ सभामा एमालेले दर्ता गराएको ‘कोसी’ नाम राख्ने प्रस्तावमा मतदान भइरहेको छ । 

मतदान प्रक्रियासम्बन्धी समाचार संकलन गर्न पत्रकारहरूलाई भने निषेध गरिएको छ । संसद्को रिपोर्टिङ गर्दै आएका पत्रकारहरूलाई संसदभित्रको ग्यालरीमा प्रवेश निषेध गरिएको हो ।

सभामुख बाबुराम गौतमको आदेशअनुसार रोक लगाइएको हो । यसअघि प्रस्ताव दर्ता र सैद्धान्तिक छलफलको क्रममा भने पत्रकारहरूलाई प्रेस ग्यालरीमा पहुँच दिइएको थियो । सभामुखको आदेशमा पर्यादापालकहरूले सञ्चारकर्मीहरूलाई बाहिर निकालेका हुन् । 

यसअघि बैठकको प्रत्यक्ष प्रसारण गर्दै आएको प्रदेश सभाले मतदानको प्रत्यक्ष प्रसारणसमेत रोकेको छ । प्राविधिक समस्या आएकाले मर्मत भइरहेको सचिवालयको भनाइ छ ।