मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ कार्तिक १५ सोमबार
  • Saturday, 01 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक १५ सोमबार १२:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओलीले ज्ञानेन्द्रका मान्छेसँग मौका आए गणतन्त्र उल्ट्याउनुपर्छ भनेछन् : प्रचण्ड (भिडियो)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक १५ सोमबार १२:१६:oo

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी ओलीले पूर्वराजा ज्ञानेन्द्रका मानिससँग भेटेर संघीय लोकतान्त्रिक गणतन्त्र आफूलाई मन नपरेकोले मौका आए उल्टाउने बताएको सूचना पाएको बताएका छन्। सोमबार कीर्तिपुरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बौल्दै अध्यक्ष दाहालले यस्तो दाबी गरेका हुन्।

उनले भने, ‘ओली प्रवृत्ति भन्छौँ नि हामी गत सालदेखि, नयाँ खालको एउटा कम्युनिस्ट नामधारी प्रतिक्रियावादी, प्रतिगमनकारी, प्रतिक्रान्तिकारीको विरुद्ध लड्न बाध्य भइयो हामी, उनले सधैँ भन्थे– मलाई यो संघीय लोकतन्त्र पनि मन पर्दैन, गणतन्त्र पनि मन परेको छैन, मलाई यो समावेशी, समानुपातिक भनेर दलित, महिलालाई कोटा छुट्याएको पनि मन परेको छैन। अस्ति त भनेछन् ज्ञानेन्द्रका केही मान्छेहरूसँग भेटेर भने भन्ने सूचना मैले पाएँ– मलाई जिन्दगीभर यो गणतन्त्र मन नै परेको होइन, बाध्य भएर गरेको हो, त्यसकारण मौका आयो भने यो उल्टाइदिन्छु भनेको सूचना पाएको छु।’

अध्यक्ष दाहालले आफ्नो पार्टीले धेरै राम्रा काम गरे पनि बिक्री गर्न नजानेको बताए।  माओवादीलाई पुनः नेतृत्व दिलाउन अब नेता–कार्यकर्ताहरू जनताको घरदैलोमा गएर काम गर्नुपर्ने उनको भनाइ थियो। उनले जनताको विकास र समृद्धिका लागि जनताको बीचमा आत्मलोचना गरेर स्थापित हुनुपर्ने बताए।