मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७८ कार्तिक १४ आइतबार १६:२८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाबुराम भट्टराईको प्रस्ताव– संविधान संशोधन गरौँ

Read Time : < 1 मिनेट
२०७८ कार्तिक १४ आइतबार १६:२८:००

जसपा नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान संविधान संशोधन गरी नयाँ ढंगले संघीय व्यवस्था स्थापना गर्नुपर्ने बताएका छन् ।

सिराहाको गोलबजार– ९ डण्डाटोलमा जसपाले आयोजना गरेको शुभकामना आदान–प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा डा. भट्टराईले वर्तमान संविधानले सबै वर्ग, क्षेत्र, समुदाय र लिंगलाई समेट्न नसकेकोले संशोधन गर्न जरुरी भएको बताएका हुन् ।

देशका सबै पार्टीहरूको संयुक्त प्रयासमा लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि सही रूपमा लोकतन्त्र स्थापना हुन अझै नसकेको उनले बताए । 

निश्चित भाषा, जाति त्यसमा पनि हुनेखाने, दलाल, सामन्तहरूकै बोलवाला भएकोले यो अवस्था फेर्न संविधान संशोधनमार्फत समानुपातिक प्रतिनिधित्वको सुनिश्चित गर्न जरुरी भएको उनले बताए । 

आगामी निर्वाचनको तयारीमा लाग्न निर्देशन दिँदै उनले आगामी स्थानीय, प्रदेश र संघीय निर्वाचनमा पार्टीलाई एक नम्बरको बनाउन संगठन विस्तार, सुदृढीकरणमा जोड दिनुपर्ने बताए ।