१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
शुरोजंग पाण्डे नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o५:५९:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

एमाले बैठकमा ओली  र रावलबीच चर्काचर्की

Read Time : > 1 मिनेट
शुरोजंग पाण्डे, नयाँ पत्रिका
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o५:५९:oo

एमाले महाधिवेशनमा दुई हजार प्रतिनिधि, २७ कात्तिकमा निर्वाचन

एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओली र उपाध्यक्ष भीम रावलबीच चर्काचर्की भएको छ । दशबुँदे सहमति कार्यान्वयनका सन्दर्भमा दुई नेताबीच सवालजवाफ चलेको हो ।

बैठकमा उपाध्यक्ष रावलले दशबुँदे सहमति कार्यान्वयन नभएका कारण आफूले कार्यदलको संयोजकबाट राजीनामा दिएको बताएपछि ओलीले ‘जिम्मेवारी पूरा गर्न नसकेर’ छाडेको टिप्पणी गरेका थिए । संयोजकले राजीनामा दिइसकेपछि दशबुँदे र कार्यदलको पनि काम नभएको ओलीको भनाइ थियो । 

‘तपाईं (रावल)ले दशबुँदे कार्यान्वयन गराउनै सक्नुभएन त मैले के गरौँ, कमिटीमै छलफल गरेर के निष्कर्ष आउँछ, दशबुँदे कार्यान्वयनका लागि त्यही लागू गर्ने दायित्व तपाईंको थिएन, अब तपाईंले सक्दिनँ भनेर राजीनामा नै दिइसकेपछि त्यो कार्यदलको के काम ?’ ओलीको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने । 

उपाध्यक्ष रावलले ओलीको भनाइको प्रतिकार गरेका थिए । आफूले काम गर्ने नसकेर भन्दा पनि अध्यक्षले सहमति कार्यान्वयन गर्न नमानेपछि राजीनामा दिएको जवाफ फर्काएका थिए । त्यसपछि अध्यक्ष ओलीले राजीनामा पहिले सञ्चारमाध्यममा वितरण गरेर मात्र आफूलाई जानकारी दिएको भन्दै त्यस्तो पार्टी पद्धतिविपरीतको शैली पाच्य नभएको चेतावनी रावललाई दिए । दुई नेताबीच चर्काचर्की बढ्दै गएपछि उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले ‘कुरा अन्त्य गरौँ, स्थायी समितिको विषय त्यतै छलफल गर्ने’ भनेपछि साम्य भएको थियो । 

उपमहासचिव भुसालप्रति पनि आपत्ति
अध्यक्ष ओलीले उपमहासचिव घनश्याम भुसालले बैठकमा ‘पत्रको क्षेप्यास्त्र’ पठाएको भन्दै आपत्ति जनाएका छन् । बैठकमा राख्ने विषय पहिल्यै मिडियाबाजी गरेर उनले पार्टी पद्धति उल्लंघन गरेको ओलीको भनाइ थियो । भुसालले दशबुँदे सहमति कार्यान्वयनका विषयमा तीनबुँदे सुझावको पत्र बैठकमा पठाएका थिए । कोरोना संक्रमणका कारण उनी बैठकमा उपस्थित थिएनन् । तर, त्यही सुझाव दुई दिनअगावै सार्वजनिक भइसकेकाले बैठकमा छलफल गर्नुको औचित्य नभएको ओलीको भनाइ थियो ।

एमाले महाधिवेशनमा दुई हजार प्रतिनिधि, २७ कात्तिकमा छानिने 

एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा दुई हजार प्रतिनिधि सहभागी हुने भएका छन् । शुक्रबार सम्पन्न केन्द्रीय कमिटी बैठकले एक हजार पाँच सय ३६ प्रतिनिधि सहभागी गराउने स्थायी समितिको प्रस्ताव परिमार्जन गर्दै महाधिवेशनमा एक हजार नौ सय ९९ जना सहभागी गराउने निर्णय गरेको हो ।

पार्टी सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यहरूले प्रतिनिधिको संख्या बढाउन सुझाव दिएअनुसार संख्या बढाउने निर्णय भएको बताए । आगामी १० देखि १२ मंसिरमा चितवनमा सम्पन्न हुने महाधिवेशनका लागि २७ कात्तिकमा देशभर एकैदिन प्रतिनिधि छनोट गर्ने निर्णय एमालेले गरेको छ । महाधिवेशनको उद्घाटन सकिएलगत्तै एमालेमा नयाँ नेतृत्वका लागि मतदान सुरु हुनेछ ।

यसपटक एमालेले केन्द्रीय कमिटीको नयाँ नेतृत्व चयनका लागि हुने मतदानमा विद्युतीय मतदान मेसिनको प्रयोग गर्ने निर्णय गरेको छ । नेपाली वैज्ञानिक राम लक्ष्मणले तयार पारेको मतदान मेसिनको एमालेले केन्द्रीय कमिटी बैठकस्थलमै शुक्रबार मतदान गर्ने तरिकाको परीक्षण गराएको छ । 

 


 

ad
ad