१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार १८:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दैलेख एमालेको ९० वडामा अधिवेशन सम्पन्न

अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १८:५७:oo

नेकपा एमाले दैलेखले ११ पालिकाका ९० वडामा एकैदिन वडा अधिवेशन सम्पन्न गरेको  छ । सबै वडामा उत्साहका साथ अधिवेशन सम्पन्न भएको र अधिकांश वडाहरूमा सर्वसम्मत नेतृत्व चयन भएको नेकपा एमाले दैलेखका अध्यक्ष एवं प्रतिनिधिसभाका सदस्य रवीन्द्रराज शर्माले जानकारी दिए।

 पार्टीले ९० वटै वडामा निर्वाचनका लागि प्रतिनिधिहरू खटाएको थियो । दैलेखबाट १२ हजार संगठित सदस्यहरूले दैलेखको एमालेमा आबद्धताका लागि प्रक्रिया बढाएको र सोहीअनुसार वडा अधिवेशनहरू सम्पन्न भएको शर्माले बताए। 

गत २०७४ को निर्वाचनमा करिब ६ हजार संगठित सदस्यता रहेको नेकपा एमालेमा १२ हजार संगठित सदस्यता पुगेपछि पार्टी विभाजनको कुनै पनि असर दैलेख एमालेमा नपरेको शर्माको भनाइ छ । ‘सबै पालिकामा निर्वाचनलाई सफल पार्न गएका प्रतिनिधिहरूले सर्वसम्मत नेतृत्व चयन भएको जानकारी आएको छ । करिब ४० भन्दा बढी वडाहरूमा सर्वसम्मत नेतृत्व चयन भइसकेको र शनिबारसम्म सबै विवरण प्राप्त हुनेछ,’ अध्यक्ष शर्माले भने। 
 

ad
ad