१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १२ शुक्रबार
  • Friday, 04 July, 2025
२o७८ कार्तिक १२ शुक्रबार १२:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

 दैलेखमा दैनिक ४० सिलिन्डर भर्न सकिने अक्सिजन प्लान्ट सञ्चालन, छिमेकी जिल्लाका लागि पनि सहज हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक १२ शुक्रबार १२:५४:oo

दैलेखमा अक्सिजन प्लान्ट स्थापना भएको छ। दैनिक ४० लिटरका ४० वटा अक्सिजन सिलिन्डर भर्न सकिने भएपछि दैलेखलगायत छिमेकी जिल्लाहरूमा समेत अक्सिजन अभावले मानिसले ज्यान गुमाउनुपर्ने बाध्यता हटेको छ । दैलेख मात्र नभई छिमेकी जिल्ला कालिकोट, जाजरकोट र अछामसम्म अक्सिजन अभाव भएका वेलामा व्यवस्थापन गर्न सकिने भएको छ । दैलेखका ११ वटा पालिकाका स्वास्थ्य संस्थाहरूमा समेत सहज आपूर्ति हुने भएको छ। 

कोरोना भाइरस कोभिड– १९ को दोस्रो चरणका वेलामा अक्सिजन अभावले सयौँ नागरिकले ज्यान गुमाउनुपरेको थियो। दैलेखलगायत कर्णाली प्रदेशका धेरै स्थानमा समेत अक्सिजन अभाव भएको थियो। यही अवस्थालाई मध्यनजर गर्दै संघीय सरकारले दैलेखका लागि अक्सिजन जडानका लागि प्रदान गरेको ७५ लाख रकमले सुरु गरिएको अक्सिजन प्लान्ट निर्माण कार्य सम्पन्न भई अक्सिजन उत्पादन सुरु भएको हो। 

जिल्लामा सञ्चालन भएको अक्सिजन प्लान्टले दैनिक ४० सिलिन्डर भर्न सक्ने स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख थिरप्रसाद रेग्मीले जानकारी दिए। अक्सिजन प्लान्ट स्थापनाका लागि सहयोग गर्ने सबै निकायलाई रेग्मीले धन्यवाद पनि दिए।   

प्रतिनिधिसभाका सदस्य एवं नेकपा एमाले दैलेखका पार्टी अध्यक्ष रवीन्द्रराज शर्माले उक्त प्लान्टको औपचारिक उद्घाटन गर्दै अक्सिजन अभावको समस्या समाधान भएको बताएका छन्। दुर्गम जिल्लामा दक्ष जनशक्ति व्यवस्थापनका लागि सरकारले आवश्यक पहल गर्नुपर्ने शर्माको भनाइ छ। 

दैलेखमा कोरोना संक्रमण बढिरहेका वेलामा जनतालाई सहज स्वास्थ्य सेवा प्रदान गर्न जिल्लामै पिसिआर मेसिन सञ्चालनसँगै ५२ शैय्याको कोभिड अस्पताल निर्माण भई सञ्चालनमा पनि आएको छ।