१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ११ बिहीबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक ११ बिहीबार १२:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोभिड– १९ को खोप कमी हुन नदिन प्रधानमन्त्री देउवाको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक ११ बिहीबार १२:१६:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड– १९ को खोप कमी हुन नदिन निर्देशन दिएका छन्। सिंहदरबारमा बसेको कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठकमा प्रधानमन्त्री देउवाले आवश्यक खोपको व्यवस्था गर्न निर्देशन दिएका प्रधानमन्त्री कार्यालयका सचिव महेश्वर न्यौपानेले जानकारी दिए।

सरकारले कोभिड– १९ संकट व्यवस्थापन केन्द्रलाई समन्वय केन्द्रमा रूपान्तरण गरेपछि पहिलोपटक बैठक बसेको हो। बैठकमा चाडपर्वपछि कोरोना भाइरस संक्रमणलगायतका विषयहरूमा छलफल भएको उनले जानकारी दिए। ‘अहिलेसम्म कोभिड संक्रमणको अवस्था कस्तो छ, चाडपर्वको बीचमा कोभिड संक्रमणको अवस्था कस्तो रह्यो, इन्टरनेसनल ट्रेन्ड के छ, नेपालको ट्रेन्ड के छ, जोखिमहरू कहाँ छन् भन्ने कुरा प्रस्तुत भयो,’ न्यौपानेले भने।

नेपालमा हालसम्म कुल जनसंख्याको ३४ प्रतिशतले पहिलो डोज खोप लगाएकाे पनि उनले जानकारी दिए। आगामी चैत मसान्तसम्म सबै नागरिकलाई खोप लगाइसक्ने सरकारको लक्ष्य छ।