१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७८ कार्तिक ११ बिहीबार १०:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महाकालीमा डुंगा दुर्घटना : एकको मृत्यु, एक बेपत्ता

Read Time : < 1 मिनेट
२०७८ कार्तिक ११ बिहीबार १०:१८:००

महाकाली नदीमा डुंगा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना बेपत्ता रहेका छन् । मृत्यु हुनेमा शिवनाथ गाउँपालिका– १ की १३ वर्षीया मीना साउद रहेकी छन् । यस्तै शिवनाथ– १ कै आठ वर्षीय सन्दीप साउद बेपत्ता रहेकाे प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।  

महाकाली नदीस्थित शिवनाथ– १ खाँडघाटमा बुधबार साँझ १० जना सवार डुंगा दुर्घटनामा परेको हो । दुर्घटनामा परी मीना र सन्दीप बेपत्ता रहेकामा मीनाको शव आज बिहान ७:३० बजे महाकाली नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ । बेपत्ता सन्दीपको खोजीकार्य भइरहेको छ । खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।  

डुंगामा सवार अन्य आठजना सकुशल रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको शिवनाथ र पञ्चेश्वर गाउँपालिका भारतसँग जोडिएका तथा भारततर्फ आवतजावत गर्दा पुल नहुँदा महाकाली नदीमा डुंगाको सहायताले जाने गर्दछन् । दुर्घटनाको कारण खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको जनाइएको छ ।