१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १० बुधबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक १० बुधबार १२:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शून्य सुनुवाइ रोक्न प्रधानन्यायाधीशले तोके आफ्नै इजलास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक १० बुधबार १२:o१:oo

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले दुई दिनसम्मको शून्य सुनुवाइको अवस्था रोक्न आफूसहितको इजलास तोकेका छन्। सोमबार र मंगलबार न्यायाधीशहरू इजलासमा नबसेपछि सर्वोच्चमा कुनै पनि मुद्दामाथि सुनुवाइ हुन सकेको थिएन। 
प्रधानन्यायाधीश जबराले आजका लागि आफ्नो एकल इ जलास, संवैधानिक इजलाससहित ११ इजलास तोकेका छन्। जबराले आफ्नै एकल इजलास तोकेपछि अन्य न्यायाधीशका कारण मुद्दाको सुनुवाइ रोकिए पनि ‘शून्य सुनुवाइ’ को अवस्था आउने छैन। 

जबराले आफ्नो इजलासमा पाँच मुद्दाको पेसी तोकेका छन् । यसअघि दुई दिनसम्म आफ्नो इजलास नतोकेका प्रधानन्यायाधीश जबराले आजका लागि इजलास तोकेका हुन्। एकल इजलास भएकाले प्रधानन्यायाधीश जबराको इजलासमा सुनुवाइ रोकिने सम्भावना छैन।