Skip This
ad
पर्सामा जबर्जस्ती करणीसम्बन्धी घटनामा वृद्धि
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
तिवारी यादव वीरगन्ज
२o८१ बैशाख २६ बुधबार १६:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पर्सामा जबर्जस्ती करणीसम्बन्धी घटनामा वृद्धि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १६:१२:oo

पर्सामा जबर्जस्ती करणीसम्बन्धी घटनामा वृद्धि भएको पाइएको छ। पछिल्ला वर्षहरूमा जबर्जस्ती करणीका मुद्दा बढ्दै गएका छन्। प्रहरीकै तथ्यांकले पनि पर्सामा जबर्जस्ती करणीका घटना बढेको देखाएको छ।

पर्सा प्रहरीमा पछिल्ला तीन वर्षमा जबर्जस्ती करणीको एक सय २१ वटा र जबर्जजस्ती करणी उद्योगको १८ वटा मुद्दा दर्ता भएको छ। तथ्यांकअनुसार आव ०७५/७६ मा जबर्जजस्ती करणीको ३३ वटा, ०७६/७७ मा ३९ वटा, ०७७/७८ मा ३८ र चालू आव ०७८/७९ को हालसम्म ११ वटा मुद्दा दर्ता भएको छ। जबर्जजस्ती करणी उद्योगको ०७५/७६ मा चारवटा, ०७६/७७ मा चारवटा, ०७७/७८ मा सातवटा र चालू आर्थिक वर्ष ०७८/७९ को हालसम्म तीनवटा मुद्दा दर्ता भएको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

नचिनेको व्यक्तिदेखि आफन्तसम्मको सहभागिताले जबर्जस्ती करणी भयावह बन्दै गएको छ। देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेकाले अहिले महिला हिंसाका घटनाहरू धमाधम बाहिर आउन थालेको खनालले बताए। ‘विगतमा आफ्नो इज्जत जाने डरले धेरैले यस्ता उजुरी गर्दैन थिए, तर उनीहरूको सबै विवरण गोप्य हुने थाहा पाएपछि धमाधम महिलाहरूले उजुरी दिन थालेका छन्,’ खनालले भने। 

मुलुकी ऐन जबर्जस्ती करणीको ३ नं. महलले बलात्कारलाई जघन्य अपराध मानी कसुरअनुसारको सजाय तोकेको छ। महलले दश वर्षभन्दा मुनिका बालिकालाई बलात्कार गरेको ठहर भएमा १० वर्षदेखि १५ वर्षसम्म कैद, १० वर्ष वा सोभन्दा माथि १६ वर्षमुनिका बालिकालाई बलात्कार गरेमा सात वर्षदेखि १० वर्ष सजाय तथा १६ वर्ष वा सोभन्दा माथिको महिलालाई बलात्कार भए पाँच वर्षदेखि सात वर्षसम्म कैद सजाय तोकेको छ।

ad
ad