१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार o६:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

प्रोटोन गाडीमा शून्य दशमलव ९९ प्रतिशत ब्याज योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:o४:oo

प्रोटोन गाडीको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले शून्य दशमलव ९९ प्रतिशत ब्याजदर योजना ल्याएको छ । कम्पनीले विभिन्न ब्याजदरको विकल्प छनोटका साथै चाडबाडको अवधिभरका लागि योजना ल्याएको हो । 

नेपालमा बैंकको ब्याजदरमा उतारचढाव भइरहेको अवस्थामा पनि यस योजनाअन्तर्गत ग्राहकले प्रोटोनको सागा र एक्स–सेभेन्टी मोडेल शून्य दशमलव ९९ प्रतिशत ब्याजदरमा फाइनान्सिङ गरेर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । उचित कागजपत्र बुझाएको ४८ घन्टामै ग्राहकहरूले आफूले रोजेको प्रोटोन गाडी खरिद गर्न सक्ने जनाइएको छ । 

योजनाबाहेक ग्राहकले दुई दशमलव ९९ प्रतिशत, पाँच दशमलव ९९ प्रतिशत, आठ दशमलव ९९ प्रतिशत र ११ प्रतिशत ब्याजदरमा फाइनान्सिङको योजना पाउन सक्ने कम्पनीले जनाएको छ । ब्याजअनुसार किस्ताबन्दीको सुविधा पनि रहेको जनाइएको छ । किस्ताबन्दीमा सवारी खरिद गर्नका लागि शंकर ग्रुपअन्तर्गतको जगदम्बा क्रेडिट एन्ड इन्भेस्टमेन्ट प्रालिले इन–हाउस फाइनान्सिङको सुविधा प्रदान गर्दै आइरहेको जनाएको छ । 

शून्य दशमलव ९९ प्रतिशतको योजना समायोजन नगरी प्रोटोन सागाको सुरुवाती मूल्य ३७ लाख ९९ हजार रुपैयाँ र एक्स–सेभेन्टीको सुरुवाती मूल्य ८६ लाख ९९ हजार रुपैयाँ तोकिएको र योजना प्रोटोनका काठमाडौं, पोखरा र बुटवलमा रहेका सोरुममा लागू हुने जनाइएको छ । 
 

ad
ad