मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ कार्तिक ७ आइतबार
  • Sunday, 20 September, 2026
२o७८ कार्तिक ७ आइतबार १७:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

इन्जिनियरलाई दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग गर्दै ज्ञापनपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक ७ आइतबार १७:२९:oo

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका निमित्त आयोजना प्रमुख इन्जिनियर राजेश कुशुवाहलाई दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग गर्दै रसुवामा कार्यरत प्राविधिकहरूले ज्ञापनपत्रमार्फत दबाब दिएका छन्। गत बिहीबार कार्यालय परिसरमै पुगेर कुशुवाहमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न  माग गर्दै जिल्लाका प्राविधिकहरूले जिल्ला प्रशासन कार्यालय रसुवामार्फत प्रदेश सरकारलाई दबाब दिएका हुन्। 

आइतबार जलस्राेत तथा सिँचाइ विकास सब डिभिजन कार्यालय रसुवाका प्रमुख इन्जिनियर कृष्णबहादुर पाण्डेको नेतृत्वमा गएको टिमले प्रमुख जिल्ला अधिकारी नवराज जैसीलाई ज्ञापनपत्र बुझाएका हुन्। कुशुवाहलाई दुर्व्यवहार गर्नेलाई कारबाही गर्न तथा रसुवामा कार्यरत प्राविधिकको सुरक्षाको माग राख्दै ज्ञापनपत्र बुझाइएको जलस्रोत जथा सिँचाइ विकास सब डिभिजन कार्यालय रसुवाका प्रमुख इन्जिनियर कृष्णबहादुर पाण्डेले बताए । 

‘देशमा कानुनी राज्य हुँदाहुँदै कानुन तथा वार्ताको माध्यमबाट समस्याको समाधान खोज्नुपर्नेमा उद्दण्डता र अराजकताको पराकाष्ठा नाघ्दै कानुन हातमा लिएर उच्छृङ्खल गतिविधि गरी एक राष्ट्रसेवक कर्मचारीमाथि गरिएको दुर्व्यवहारले  देशको सुरक्षा र प्रशासनमाथि प्रश्न चिह्न खडा गर्ने भएकोले उक्त घटना कुनै पनि हालतमा क्षम्य हुन सक्दैन,’ विज्ञप्तिमा भनिएको छ, ‘जनमत पार्टीका अध्यक्ष सिके राउतसहित घटनामा संलग्न व्यक्तिहरूलाई गिरफ्तार गरी कडाभन्दा कडा कारबाही गर्न हामी प्रदेश सरकार तथा नेपाल सरकारसमक्ष जोडदार माग गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ ।

गत कात्तिक ४ गते इन्जिनियर कुशुवाहलाई लाठीसहित प्रवेश गरेका जनमत पार्टीका कार्यकर्ताले उनलाई कालाे माेसाे लगाएर नगर परिक्रमा गराएका थिए।