Skip This
बागमती प्रदेश सरकारले सञ्चालनमा ल्यायो ‘बागमती कानुन’ एप
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ कार्तिक ४ बिहीबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक ४ बिहीबार १५:४४:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमती प्रदेश सरकारले सञ्चालनमा ल्यायो ‘बागमती कानुन’ एप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक ४ बिहीबार १५:४४:oo

बागमती प्रदेश सरकारले बागमती कानुन एप सञ्चालनमा ल्याएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एप सञ्चालनमा ल्याएको हो। आज बिहीबार आन्तरिक मामिलामन्त्री डा. अजयक्रान्ति शाक्यले एपको उद्घाटन गरेका हुन्।

मन्त्रालयका अनुसार एपमा संविधान, संघीय कानुन, प्रदेश सरकारका तर्फबाट तयार भएका कानुन समावेश गरिएका छन्। साथै एपमा पुराना कानुन, राजपत्रलगायत कानुनी समाचारहरूलाई समेत समावेश गरिएको छ।