
विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले अविरल वर्षाका कारण देशको विभिन्न क्षेत्रमा गएको बाढी, पहिरो र डुबानपीडितहरूलाई उद्धार, राहत र क्षतिपूर्ति दिने निर्णय गरेको छ। बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकमा प्रधानमन्त्री देउवाले बेमौसमी बाढीबाट पुगेको क्षति र राहत तथा उद्धारमा भइरहेको कामबारे ब्रिफिङ लिएका थिए।