टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ ६ बिहीबार
  • Thursday, 20 January, 2022
२०७८ कार्तिक ३ बुधबार १५:४२:००
Read Time : < 1 मिनेट
प्रदेश

मुख्यमन्त्री शाक्यले बिहीबार विश्वासको मत लिने !

Read Time : < 1 मिनेट
२०७८ कार्तिक ३ बुधबार १५:४२:००

बागमती प्रदेश सभाको बिहीबार अपराह्न बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रदेश सभा सचिवालयले जनाएको छ। मुख्यमन्त्री शाक्यले गत असोज २४ गते बसेको प्रदेश सभाको बैठकमा नेपालको संविधानको धारा १८८ को उपधारा १ बमोजिम विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गरेकी थिइन्।

प्रस्ताव प्रस्तुत भएलगत्तै यही कात्तिक ४ गते अर्थात् बिहीबार बैठक बस्ने गरी स्थगित भएको थियो। बागमती प्रदेश सभामा सत्तापक्ष र प्रतिपक्ष गरी हाल एक सय नाै सदस्य छन्।

मुख्यमन्त्री शाक्यले बिहीबार विश्वासको मत लिने भनिए पनि एमाले प्रदेश संसदीय दलले बैठकको मिति सार्न माग गरेको छ। पार्टीको महाधिवेशन र त्यसअघिका वडा, पालिकालगायतका अधिवेशनलाई कारण देखाउँदै एमाले प्रदेश संसदीय दलले भोलिको बैठक सार्न माग गरेको हो।