१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका न्युयोर्क
२०७८ असोज ३१ आइतबार १६:२९:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अफ्रिकन रिपब्लिकको युद्धविराम घोषणाको राष्ट्रसंघद्वारा स्वागत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, न्युयोर्क
२०७८ असोज ३१ आइतबार १६:२९:००

संयुक्त राष्ट्रसंघले सेन्ट्रल अफ्रिकन रिपब्लिक सरकारले एकतर्फी रूपमा जारी गरेको युद्धविरामको स्वागत गरेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले हिंसाग्रस्त सो देशको सरकारले एकतर्फी रूपमा शुक्रबार गरेको युद्धविरामको स्वागत गरेका हुन्।

सरकारले एकतर्फी रूपमा गरेको युद्धविरामको स्वागत गर्दै अर्को पक्षलाई पनि वार्ताको टेबलमा बस्न तथा शान्तिपूर्ण रूपमा समाधान खोज्न महासचिव गुटेर्रेसले आग्रह गरेका छन्। उनले मध्य अफ्रिकी यस देशका सबै पक्षलाई शान्तिपूर्ण वार्ताका माध्यमबाट राजनीतिक समाधान खोज्न आग्रह गरेका छन्। रासस