मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ असोज ३० शनिबार
  • Friday, 28 August, 2026
एजेन्सी लण्डन
२o७८ असोज ३० शनिबार १४:१४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

बेलायतका एक सांसदको छुरा प्रहार गरी हत्या

Read Time : < 1 मिनेट
एजेन्सी लण्डन
नयाँ पत्रिका लण्डन
२o७८ असोज ३० शनिबार १४:१४:oo

बेलायतको कन्जर्भेटिभ पार्टीका सांसद सर डेभिड एमेसको शुक्रबार हत्या भएको छ।  सांसद डेभिडको आफ्नै निर्वाचन क्षेत्रको एक चर्चमा छुरा प्रहार गरेर हत्या गरिएको समाचारमा जनाइएको छ। यस हत्याको घटनालाई प्रहरीले आतंककारी हमला भनेको छ।

एसेक्सस्थित एक चर्चमा मतदाताहरूसँगको भेटघाटका क्रममा उनीमाथि छुरा प्रहार भएको थियो। हत्याको आरोपमा प्रहरीले एक २५ वर्षीय व्यक्तिलाई गिरफ्तार गरेको छ। घटनास्थलबाट प्रहरीले चक्कु बरामद गरेको बताइएको छ। 

घटनाको अनुसन्धान गरिरहेको प्रहरी टोलीले यसमा आतंकवादीको हात रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको बताएको छ। बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले एक राम्रा राजनीतिज्ञ गुमाउनुपरेको भन्दै शोक व्यक्त गरेका छन् । ६९ वर्षका डेभिड सन् १९८३ देखि सांसद रहेका थिए ।