१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २८ बिहीबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज २८ बिहीबार १२:५४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

साफको फाइनलपछि नेपाल नफर्किने अल्मुताइरीको घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज २८ बिहीबार १२:५४:oo

नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसिपको फाइनल खेलपछि नेपाल नफर्किने बताएका छन्। बुधबार बंगलादेशसँगको १–१ गोलको बराबरीपछि आयोजित पत्रकार सम्मेलनमा अल्मुताइरीले साफ च्याम्पियनसिपको फाइनलपछि कहिल्यै नेपाल नफर्किने घोषणा गरेका हुन्।

उनले आफूले यसअघि नै राजीनामा दिएको खुलासा गर्दै भारतसँगको साफ च्याम्पियनसिपको फाइनल खेल नै आफ्नो अन्तिम खेल भएको उद्घोष गरे। पछिल्ला केही  दिन आफूले निकै तनावमा गुजारेको भन्दै उनले नेपालले फाइनल यात्रा तय गरेकोमा खुसी व्यक्त गरे।

‘आफ्नो कोचलाई सम्मान गर्नुपर्छ, हामी परिवार हौँ, हामी एउटै परिवारका सदस्य हौँ। तपाईंहरूले यस्तो बोलेर खुसी मिल्यो र ? म्याच फिक्सिङ गर्‍याे भनेर तपाईंहरू खुसी हुनुहुन्छ, तपाईंहरूलाई गर्व महसुस भयो ? म कोच हो, के सोच्नुभएको छ ? के प्रतिक्रिया दिनुभएको छ ? मान्छेले मान्छेलाई सम्मान गर्नुपर्छ। म नोकर होइन, कोच हुँँ। आउँदो फाइनल गेम मेरो नेपालका लागि लास्ट म्याच हुनेछ। म कहिल्यै नेपाल फर्किनेछैन। पत्रकारहरूलाई म भन्छु– मेरो आफ्नै इज्जत र प्रतिष्ठा छ,’ उनले भने।

मुख्य प्रशिक्षक अल्मुताइरीले राजीनामा दिँदा आफू खुसी नरहेको बताउँदै माल्दिभ्सबाट नेपाल नआई सीधै कुवेत फर्किने बताए।