१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ असोज २७ बुधबार १५:११:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु

Read Time : < 1 मिनेट
२०७८ असोज २७ बुधबार १५:११:००

महाकाली राजमार्गमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बैतडीको डिलासैनीबाट सतबाँझतर्फ गइरहेको अन टेस्ट लेखिएको ट्रयाक्टर दोगडाकेदार गाउँपालिका– ३ तारलमा आज बिहान करिब १ बजेतिर दुर्घटना हुँदा ट्रयाक्टरका चालक डिलासैनी गाउँपालिका– ३ का २३ वर्षीय योगेश पालको मृत्यु भएको ट्राफिक प्रहरी पोस्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले जानकारी दिए । 

मृतक पाल नेकपा एमाले बैतडीका जिल्लाअध्यक्ष सुरेन्द्र पालका छोरा रहेको बुझिएको छ । योगेशको उपचारका क्रममा जिल्ला अस्पताल बैतडी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । सोही ट्रयाक्टरमा सवार डिलासैनी– ३ कै राकेश कोलीले हामफालेर ज्यान जोगाएका छन् । उनी सामान्य घाइते छन्। दुर्घटनाग्रस्त ट्रयाक्टर सडकबाट ५० मिटर तल खसेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस