मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज २६ मंगलबार
  • Monday, 14 July, 2025
२o७८ असोज २६ मंगलबार १८:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मुगु बस दुर्घटना : ३२ जनाको मृत्यु, ११ जना गम्भीर घाइते (अपडेट)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज २६ मंगलबार १८:o९:oo

मुगुमा यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ। मृतकमध्ये २४ जनाको घटनास्थलमै मृत्यु भएको थियो। थप चारजनाको उद्धार गरी रारा विमानस्थलमा पुर्‍याई जहाजमा राख्ने क्रममा र चारजनाको अस्पताल पुर्‍याएपछि मृत्यु भएको उद्धारमा खटिएका जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी उपरीक्षक (डिएसपी) चित्रबहादुर भट्टराइले जानकारी दिए।

घाइतेमध्ये तीनजनालाई हेलिकाेप्टर र १२ जनालाई हवाई जहाजमार्फत उपचारका लागि पठाइएकोमा थप चारजनाको अस्पतालमा मृत्यु भएको हो। डिएसपी भट्टराईका अनुसार कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा एक र नर्सिङहोममा थप तीनजनाको मृत्यु भएको हो। 

नेपालगन्जदेखि मुगु सदरमुकाम आउँदै गरेको भे.१ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो करिब १ बजेतिर छायानाथ रारा नगरपालिका– ७ तपने खोलामा दुर्घटना भएको थियो। बस सडकदेखि करिब तीन सय मिटर तल खसेको थियो। दसैँ मनाउन घर फर्केका स्थानीय बासिन्दा घर पुग्न नपाउँदै दुर्घटनामा परी ज्यान गुमाएका छन्। बसमा सवार ४३ यात्रुमध्ये अधिकांश विद्यार्थी रहेका बुझिएको छ।

मृतकहरूको सनाखतका लागि आर्मीको ट्रक र निजी गाडीहरूमा राखेर शव जिल्ला अस्पताल पठाइएको उनले जानकारी गराए। चालकको साइडतिरको टायर पंचर भएकाले दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।