मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ असोज २५ सोमबार
  • Friday, 14 August, 2026
रासस काठमाडौं
२o७८ असोज २५ सोमबार १५:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपालमा कोरोना संक्रमण दर पाँच प्रतिशतभन्दा कम

Read Time : < 1 मिनेट
रासस काठमाडौं
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज २५ सोमबार १५:५९:oo

नेपालमा कोरोना भाइरसको संक्रमण दर पाँच प्रतिशतभन्दा कममा झरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार कोभिड– १९ परीक्षण गर्दा संक्रमण दर पाँच प्रतिशतभन्दा कम देखिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।

आइतबार १२ हजार चार सय चारजनामा कोरोना भाइरस परीक्षण गर्दा पाँच सय ९६ जनामा संक्रमण देखिएको थियो। उनका अनुसार हिजोको संक्रमण दर कोरोना भाइरसको दोस्रो लहरको सुरुवातपछिकै सबैभन्दा कम हो।

पछिल्लो एक महिनाको बीचमा ६० प्रतिशतले संक्रमण घटेको छ। अधिकारीका अनुसार भदौको पहिलो साता ४० हजार तीन सय ३८ सक्रिय संक्रमित रहेकोमा असोजको पहिलो साता त्यो संख्या १५ हजार नाै सय ४२ मा झरेको हो। संक्रमणमा उल्लेख्य कमी देखिएका कारणमध्ये कोरोना भाइरसविरुद्धको खोपको पनि योगदान रहेको बताइएको छ।