१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २४ आइतबार
  • Friday, 04 July, 2025
एजेन्सी नयाँ दिल्ली
२o७८ असोज २४ आइतबार १८:२२:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारतीय गृह राज्यमन्त्रीका छोरा आशिष मिश्रा पक्राउ

Read Time : < 1 मिनेट
एजेन्सी नयाँ दिल्ली
नयाँ पत्रिका नयाँ दिल्ली
२o७८ असोज २४ आइतबार १८:२२:oo

भारतका केन्द्रीय गृह राज्यमन्त्री अजय टेनी मिश्राका छोरा आशिष मिश्रालाई प्रहरीले पक्राउ गरेको छ । गत अक्टोबर ४ मा भारतको उत्तर प्रदेशको लखिमपुर खिरीमा भएको हिंसाका आरोपी मिश्रालाई प्रहरीले पक्राउ गरेको एक भारतीय प्रहरीलाई उदृत गर्दे अलजजिराले जनाएको छ । ती अधिकारीका अनुसार मिश्रा शनिबार पक्राउ परेका हुन्।

मिश्राले किसानमाथि जोतिएका तीनवटा गाडीमध्ये आफू कुनै पनि गाडीमा नभएको प्रमाण दिन नसकेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । भारतको सर्वोच्च अदालतले आशिष मिश्रालाई पक्राउ गर्न ढिलाइ गरेको भन्दै उत्तर प्रदेश सरकारको आलोचना गरेको भोलिपल्ट उनलाई पक्राउ गरिएको हो ।
 
शुक्रबार आरोपी मिश्राले प्रहरीलाई सोधपुछका लागि घण्टौँसम्म कुराएर स्वास्थ्य अवस्था प्रतिकूल भएको भन्दै बयान दिन नसक्ने बताएका थिए । सरकारले ल्याएको नयाँ कृषि कानुनको विरोधमा भइरहेको प्रदर्शनमा सहभागी  किसानहरूमाथि आइतबार उनले गाडी कुदाएपछि हिंसा भड्किएको थियो। सो हिंसामा परी चार किसान, तीन भाजपा समर्थक, एक पत्रकार र एक ड्राइभर गरी नौजनाको मृत्यु भएको थियो।

गृह राज्यमन्त्री अजय मिश्रा टेनीका छोरा आशिष उर्फ मोनु र उनका सहयोगीहरूले प्रदर्शनरत किसानमाथि अन्धाधुन्द गाडी चलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। किसानहरूको ज्यान जाने गरी अन्धाधुन्दा गाडी चलाएपछि आक्रोशित किसानले मोनु र उनका सहयोगीहरूको तीनवटा गाडीमा आगजनी गरेको थिए।

घटना भएको केही दिनपछि प्रहरीले छजनालाई पक्राउ गरेको जानकारी दिएको थियो। प्रहरीले आशिष मिश्रासहित थप १४ जनालाई प्रतिवादी बनाएर उजुरी लिएको थियो। उता भारतीय जनता पार्टीले आफ्नो पार्टीका समर्थकहरू मारिएको भन्दै प्रदर्शनकारी किसानहरूविरुद्ध मुद्दा दायर गरेको छ ।