१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
अमुल थापा काठमाडौं
२o८१ बैशाख २४ सोमबार १२:११:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

न्याय खोज्दै नेपालगन्जदेखि पैदल काठमाडौं (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १२:११:oo

महिला हिंसाविरुद्ध न्याय खोज्दै नेपालगन्जदेखि काठमाडौंसम्म महिलाहरूले पदयात्रा गरेका छन्। काठमाडौं आइपुगेका उनीहरू न्याय माग्दै माइतीघर मण्डलामा धर्नामा छन्। न्यायका लागि महिला अधिकार मञ्चका पदाधिकारीसहित १४ जनाले नेपालगन्जदेखि काठमाडौं पैदलयात्रा गरेका हुन्। उनीहरूले ‘महिलाको हत्या, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान गरी मार्नेहरू होसियार, मौन बस्ने सरकार खबरदार’ भन्दै पैदल यात्रा गरेका हुन्। उनीहरूले नन्कुन्नी धोबी र एकल महिला निर्मला कुर्मी हत्याका सबै दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन्। पैदलयात्री महिलाहरूले बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएसपी मधुसुदन न्यौपानेलाई विभागीय कारबाही गर्नसमेत माग गरेका छन्। बाँकेकी नन्कुन्नी धोबी गत साउन ५ मा घरमै मृत फेला परेकी थिइन्। निर्मला कुर्मी गत वर्ष मंसिरबाट बेपत्ता छिन्। प्रहरीले उनको मृत्यु भइसकेको बताएको छ। उनीहरूको हत्यामा किटानी जाहेरी दिँदा पनि  अनुसन्धान हुन नसकेको महिलाहरूको आरोप छ। 

 


 

ad
ad